Samyentra Dot Com

गृहपृष्ठ » अर्थ/बाणिज्यतेस्रो छथर महोत्सवको तयारी

तेस्रो छथर महोत्सवको तयारी

April 8, 2017१७६२ पटक

 धनकुटा । साँस्कृतिक पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले धनकुटाको छथर जोरपाटी गाउँपालिकाको परेवादिनमा ३ दिने तेस्रो छथर महोत्सव हुने भएको छ ।
 धनकुटा र तेह्रथुम जिल्लामा रहेको लिम्बु जातिको बिभिनन ८ थलो(यक)लाई साँस्कृतिक पर्यटन गन्तब्यका रुपमा बिकास गर्न उक्त महोत्सव हुन लागेको हो । छथर समाज धरानको आयोजनामा चैत २९, ३० र ३१ गते धनकुटाको साबिक परेवादिनको ताम्लिङ्गमा महोत्सव हुन लागेको हो । यसअघि गतेह्रथुमको ताक्लुङ्ग र पन्चकन्यामा पहिलो र दोस्रो महोत्सव भएका थिए ।
आयोजकले पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । करिव १२ लाखको लागतमा सन्चालन हुन लागेको उक्त महोत्सवमा छथर क्षेत्रमा पाईने लिम्बु लगायत बिभिन्न जातका पहिरन र खानको एक दर्जन स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा करिव एक लाख पर्यटक भित्राएर ५ लाख भन्दा बढीको मौलिक भेषभुषा र परिकारको ब्यापार गर्ने लक्ष रहेको आयोजक समितिका प्रचार बिभाग प्रमुख धर्मराज थोक्लेनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad