युएईमा प्रवासी मञ्चले गरायो भलिवल प्रतियोगिता

भरत शिवाकोटी, युएई / ‘खेल खेलौ स्वस्थ बनौं’ भन्ने मुल नाराका साथ मार्च ३१ का दिन एमाले जनसंगठन प्रवासी नेपाली मञ्च, युएई सारजाहा राज्य कमिटीले नयाँ बर्ष २०७४ को अवसरमा अन्तर कमिटी भलिवल प्रतियोगिता सम्पन्न गरेको छ |

प्रवासी नेपाली मञ्च, युएई का रास्ट्रिय कमिटी अध्यक्ष श्याम कडेंल प्रमुख अतिथी रहेको प्रतियोगितामा भूतपूर्व रास्ट्रिय कमिटी अध्यक्ष तथा वर्तमान सचिवालय सदस्य प्रकाश कोइराला,सचिव कृष्ण पौडेल,प्रवीण पोख्रेल,जिफन्ट अध्यक्ष रामेश्वर भेटवाल,एनआरएन सारजाह अध्यक्ष टक गुरुङ, रास्ट्रिय कमिटी सदस्यहरु बाबुराम सापकोटा,तिर्थ भट्टराई,आवुधावी राज्य कमिटी अध्यक्ष पुन्य प्रसाद शर्मा (पुस्कर), दुबई राज्य कमिटी अध्यक्ष प्रकाश खतिवडा अतिथी रहेका थिए । कार्यक्रममा खेलाडी लगायत युएईमा रहेका एमाले खेलप्रेमीहरु,एमाले कार्यकर्ताहरु तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो |

प्रतियोगितामा प्रवासी नेपाली मञ्च, युएई राष्ट्रिय कमिटी, जिफन्ट सपोर्ट ग्रुप, आवुधावी राज्य कमिटी, सारजाह राज्य कमिटी, दुबई राज्य कमिटी, फुजेरा राज्य कमिटी, रसअलखेमा राज्य कमिटी, आयोजक ‘A’ र आयोजक ‘B’ गरि नौ वटा टिम सहभागी  थिए |

इभूतपूर्व रास्ट्रिय कमिटी अध्यक्ष तथा वर्तमान सचिवालय सदस्य प्रकाश कोइराला र सारजाह क्षेत्रीय कमिटी अध्यक्ष कृष्ण आचार्य ले भलीबल हस्तान्तरण गरेपछि विधिवत रुपमा प्रतियोगिता शुरु भएको थियो |
निकै प्रतिस्पर्धात्मक खेलमा अबुधाबी राज्य कमिटीले आफुलाई विजेता बनाउन सफल भएको थियो भने उपविजेता जिफन्ट सपोर्ट ग्रुप बनेको थियो | विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले नगद तथा मेडल वितरण गरेका थिए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *