Samyentra Dot Com

गृहपृष्ठ » अर्थ/बाणिज्यनेपाल बैंकलाई निजीकरण गर्न लागिएकोमा पेशागत महासंघको आपत्ति

नेपाल बैंकलाई निजीकरण गर्न लागिएकोमा पेशागत महासंघको आपत्ति

April 3, 2017१८४१ पटक

विगत आठ दशकदेखि मुलुकको आर्थिक तथा बैंकिङ्ग विकाश र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडको निजीकरण गर्न लागिएकोमा पेशागत महासंघ नेपालले आपत्ति जनाएको छ ।

एक बिज्ञप्ति निकाल्दै महासंघले त्यो विषय प्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासचिव  विष्णु लामिछानेले निकालेको बिज्ञप्तिमा नेपाल बैंक लिमिटेड अधिकतम सरकारी लगानीमा संचालित सार्वजनिक बैंकमा सार्वजनिक क्षेत्र मार्फत राज्यको भूमिका वृद्धि गर्दै जानुपर्नेमा उल्टै भैरहेको सार्वजनिक वित्तीय संस्थाको निजीकरण जायज हुुुन नसक्ने तर्क गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ “सार्वजनिक वित्तीय संस्थाको हैसियतले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै वचत संकलनको माध्यमवाट पूंजि निर्माण, औद्योगिक विकाश, रोजगारकिो सृजना र राष्ट्रिय आय वृद्धि जस्ता कार्यक्रमवाट  देशको आर्थिक विकाशमा यसले महत्वपूर्ण योगदान पु¥याएको छ । सरकारको आर्थिक उद्देश्य र आफ्नो व्यवसायीक उद्देश्य दुवैलाई सन्तुलित ढंगले अघि वढाउंदै भौगोलिक विकटता र अविकशित पूर्वाधारका  वावजुद जनतालाई बैकिङ्ग तथा सरकारी कारोवारको सेवा दिन यसले विगत धेरै बर्ष अघिदेखि गाउंगाउंसम्म आफ्नो संजाल विस्तार गरेको हो । मुलुकमा उत्पन्न अस्थिर र असहज राजनीतिक परिवेशका विचमा केहि समय यसको व्यवस्थापन समस्याग्रस्त वनेता पनि नेपाल राष्ट्र बैंक समेतको सहयोगमा हाल यसको अवस्था सुदृढ भएको र आधुनिक बैकिङ्ग सेवा प्रदान गरीरहेको छ । आज आम नेपाली जनताले सरकारी बैंकको रुपमा यसप्रति अपनत्व महशुस गर्नुका साथै अत्यन्त विश्वास गरीरहेको अवस्था छ । ”

“संविधानले मुलुकको गन्तव्य समाजवाद भनी किटान गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न मार्गनिर्देश गरेको छ । यस्तो परिवेसमा सार्वजनिक क्षेत्र मार्फत राज्यको भूमिका वृद्धि गर्दै जानुपर्नेमा उल्टै भैरहेको सार्वजनिक वित्तीय संस्थाको निजीकरण जायज हुन सक्दैन । सरकारको यो नीतिले मुलुकमा स्वाधीन अर्थतन्त्र निर्माण हुन नसक्ने मात्र होइन, दूरदराजमा वसोवास गर्ने नेपाली जनताले सरल र सहज बैकिङ्ग सेवावाट वञ्चित हुनुपर्ने  अवस्था सृजना गर्दछ” बिज्ञप्तिमा भनिएको छ ।
महासङ्घ आवद्ध नेपाल बैंक कर्मचारी संघ लगायत बैंकमा क्रियासिल पांचवटै ट्रेड युनियनहरु एकमतका  साथ बैंक निजीकरणको नीतिको विरुद्धमा उभिएको जनाउदै बिज्ञप्तिमा पेसागत महासङ्घ नेपाल, नेपाल बैंक लिमिटेडमा क्रियासिल ट्रेडयुनियनहरुको उक्त कदमप्रति ऐक्यवद्धता प्रकट गर्दछ र बैंक निजीकरणको नीति वन्द गर्न जोडदार आग्रह गर्दछ भनिएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad