Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, न्युजपहाड पुगेर पनि अफ्ठेरै कुरा गरे उपेन्द्रले

पहाड पुगेर पनि अफ्ठेरै कुरा गरे उपेन्द्रले

March 30, 2017७६२ पटक

धनकुटा/ संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि चुनावको औचित्य नहुने बताएका छन् ।

संघिय समाजवादी फोरम नेपाल धनकुटाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्नुपर्ने जिकिर गरे ।

स्थानिय तह पुर्ण रुपले प्रदेशको मातहतमा रहने भएकाले पहिले संसद र प्रदेशको चुनाव सरकारले र स्थानिय तहको चुनाव पूदेशले गरेमा पूर्ण रुपमा संघिय लोकतन्त्रको अवधारण अनुसार अघि बढ्ने यादबले बताए ।

जुन प्रकारको संघियता कार्यान्यन गर्न खोजिएको छ, त्यो  संघियता नभएको भन्दै यादवले संघियताको नाममा एकात्मकता लादन खोजिएको आरोप लगाए । देशमा जुन स्थानिय तहको संरचना खडा गरिएको छ तराई, हिमाल र पहाड तीनै ठाउँका जनतालाई यातना दिन खोजिएको छ यादबको भनाई थियो ।

उनले अहिल्यै चुनाव गर्ने हो भने पुरानै संरचना अनुसार बोर्ड फेरेर गाविसलाई गाँउपालिका र साविकका नगरपालिकालाई यथावत राखेर चुनाव गर्नुपर्ने र त्यो भन्दा पहिला संविधान संसोधन गर्नुपर्ने बताए ।

यो संविधानले लामो समयदेखि विभेदमा पारिएका लाई अधिकार सम्पन्न बनाउन र यने संविधान एकलौटी र विभेदकारी भएकाले र एकल जातिय प्रभुत्व लाद्ने र संविधानमा प्रशस्त गल्ती रत्रुटी भएकाले त्यसलाई सच्याउन संविधान संशोधन हुनुपर्ने यादवको हठ थियो । फरक प्रसंगमा अध्यक्ष यादवले देशमा राजनितक भागबण्डाका नाममा देशमा ठूलो भ्रष्टचार मौलाएको बताए ।
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad