कसजुलाई दिइयो षष्टिका बस्नेत स्मृति पुरस्कार

गाेपाल काफ्ले पथरी / नेपाल पत्रकार महासंघकाे  स्थापना दिवसकाे अवसरमा हरेक साल दिनेगरी हालसालै स्थापित षष्टिका बस्नेत सुचनाकाे अधिकार  पुरस्कार बिनय कसजुलाई  प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ माेरङले  नेपाल पत्रकार महासंघकाे  स्थापना दिवसकाे अबसरमा कसजुलाइ उक्त पुरस्कार दिएको हो। ५० हजार राशिको  षष्टिका बस्नेत सुचनाकाे अधिकार पुरस्कार पाउने कसजु पहिलो ब्यक्ति हुुुुनुहुन्छ । महासंघ मोरङका अध्यक्ष बन्धु पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उच्च अदालत बिराटनगरका  मुख्य न्यायधीस डा. पुर्णरत्न भुर्तेल प्रमुख अतिथी रहनु भएकाे थियाे ।

लामाे समय देखि सुचना, सञ्चार तथा साहित्यकाे क्षेत्रमा  कलम चलाउदै अाउनुहुने कसजुले ५० हजार नगद र सम्मानपत्र पाउनुभएको छ । कार्यक्रममा पत्रकार यज्ञराज शर्माले पुरस्कृत कसजुकाे जीवनीबारे बताउनु भएको थियो ।कार्यक्रममा माेरङका डि अाई जि रमेश भट्टराई, एसपी सन्दिप भण्डारी, षष्टिका बस्नेत सुचनाकाे अधिकारका संरक्षक केदार बहादुर बस्नेतकाे उपस्थिती थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *