भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला हुने

सुर्य चन्द, काठमाडौँ /  “नयां बर्ष नयां सोच,युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूलनाराका साथ भक्तपुरमा तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला हुने भएको छ ।

  चैत २२ गते  देखि बैशाख २ गतेसम्म भक्तपुरको सल्लाघारीस्थित तिनकुने चौरमा मेला  हुने भएको हो l लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुमाऔधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइजब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा तेस्रो भक्तपुर औधोगिक,सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४ हुनेछ । आयोजकले एक पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो l

 मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरी आर्थिक रुपले पनि मजबुत बनाउने रभक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने मेलाका संयोजक दिपक थापाले दिए । साथै  बिगतका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै  तेस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटनतथा व्यापार मेलालाइ एतिहासिक बनाउने  उनले बताए l
उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भांडा कुडाहरु, अयोमोबाइल्स , विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुनेछन्
  नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर,राष्ट्रिय तथा अन्तरास्ट्रिय खाना महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथागायिका द्वारा लोक दोहोरि गित समेत प्रस्तुत हुनेछ l मेलामा बिक्रि वितरण गर्न राखिने सामानहरुमा २५ देखि ५० प्रतिसतसम्म छुटको ब्यबस्था हुनेछ । मेलामा प्रवेश शुल्क रु ४० र ३० रहेको जानकारी ब्यबस्थापन कमिटीले गराएको छ l
औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३/७४  मा करिब ५ लाख उपभोक्ताले अबलोकन गर्ने अनुमान गरिएको र  ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला,गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गरी उपस्थित भिडलाइ भरपुर मनोरंजन दिनेछन् । बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान,रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथाअन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए । मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् । पत्रकार सम्मेलनमा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्य, औधोगिक शान्ति नेपाल सस्थाका उपाध्यक्ष राज कुमार खड्का,महासचिब शंकर गुरुङ, कोषाध्यक्ष  प्रितम मल्ल तथा स्टल संयोजक बिनोद जैसवालको समेत उपस्थिति थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *