Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरी, समाजचुनावबाट गाउँको मुहार फेरिनेमा आशावादी छन् मिक्लाजुङबासी

चुनावबाट गाउँको मुहार फेरिनेमा आशावादी छन् मिक्लाजुङबासी

March 28, 2017८३७ पटक

उर्लाबारी / स्थानीय तहको निर्वाचनको घोषणासँगै पूर्वीमोरङको मिक्लाजुङ गाउँपालिकामा निकै उत्साह छाएको छ ।

बर्षाैदेखि विकास निर्माणको अभावमा सास्ती खेप्दै आएका मिक्लाजुङवासी यसपटकको निर्वाचनबाट गाउँको मुहार फेरिनेमा आशावादी देखिन्छन् । निर्वाचनका बेला नेताको आश्वासमात्र पाएका मिक्लाजुङवासी यसपटक ‘आश्वासन होइन, जनताको काम गरेर देखाउने’ नेतालाई विजयी गराउने बताउँछन् । अब ‘हाम्रो होइन, राम्रो मान्छे चुन्न पाइने भो’ भन्दै उनीहरू उत्साहित भएका हुन् ।

करिब दुई दशकअघि स्थानीय प्रतिनिधि चुनेका स्थानीयवासीले यसबीचमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा निकै खल्लो महसुस भएको बताएका छन् । अब सच्चा जनप्रतिनिधि चुन्न आफूहरू निकै उत्साहित भएको मिक्लाजुङ–४ का सन्तोष खम्बुको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एकपटक पनि मतदान नगरेका खम्बुजस्तै स्थानीय मिलन देवान, मणि लिम्बू, खुशी लिम्बू आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने भएसँगै खुसी देखिएका छन् ।

राम्रो मान्छे नचुन्नाले विभिन्न अवसरबाट पछाडि पारिएको विगतको अवस्थालाई आफ्नो बुबाआमाबाट स्मरण भएको भन्दै उनीहरूले यसपटकको निर्वाचनमा राम्रो, योग्य र सक्षमलाई स्थानीय तहको अगुवा बनाउन आतुर रहेको बताए । उनीहरूले युवाहरूको भावना समेट्ने योग्य र सक्षम उम्मेद्वारलाई सहयोग गर्ने तथा गाउँमा रचनात्मक कार्य गर्ने उद्देश्यले खम्बुको संयोजकत्वमा ‘हामी युवा क्लब’ गठन गरेका छन् । उक्त क्लबको उपाध्यक्षमा निशान राई, मणि लिम्बू र खुसी लिम्बू, सचिवमा मिलन देवान, सह–सचिवमा अनिष तामाङ र कोषाध्यक्षमा भानु चाम्लिङ रहनुभएको छ । यस्तै, सदस्यहरूमा अनिष लिम्बू, पासाङ तामाङ, मनिष राई, जलन राई, भक्त बर्देवा, सुरेश राई, पदम मगर, सुमन लिम्बू, सागर पोख्रेललगायत रहनुभएको छ ।

राजनीतिक दलका नेताहरूको झुटो आश्वासनले युवाहरूमा नैरासयता छाएकोले अब अरूको भरमा नपरी आफ्नो भविष्य आफै निर्धारण गर्ने उद्देश्यले कुनै पनि राजनीतिक दलको प्रयोगमा नरही विशुद्ध सामाजिक संगठनको रूपमा गतिविधि गर्न तथा योग्य र सक्षम उम्मेद्वारलाई सहयोग गर्न क्लब स्थापना गरिएको खम्बुले जानकारी दिनुभयो । ‘अब युवाहरूले नेतालाई चलाउनुपर्छ, भ्रष्ट नेताहरूले युवालाई चलाउने होइन’ उहाँले भन्नुभयो, ‘आफ्नो गाउँँठाउँको समस्या र विकासका लागि सच्चा रूपमा खटिने सक्षम व्यक्ति स्थानीय तहमा चुनेर पठाउनुपर्छ । अनि, बल्ल गाउँँको विकास हुन्छ ।’

लामो समयसम्म स्थानीय निकाय कर्मचारीको हातमा हुँदा मिक्लाजुङ क्षेत्रमा विकास निर्माणका कामले गति लिन सकेको छैन । जिल्लाकै ‘कर्णाली’ उपनामले परिचित साविकको रमितेखोला, टाँडी, मधुमल्लालगायत क्षेत्रका बासिन्दा विकासको पर्खाइमै छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad