बेलबारीमा टी ट्वान्टी क्रीकेट प्रतियोगिताको तयारी

बिराटचोक । मोरङ बेलबारीमा पहिलोपटक   पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिता हुन लागेको  छ ।

चैत १६ गतेदेखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुर्बाञ्चलका १६ वटा टिम सहभागेी हुुुुनेछन् । बेलबारीमा पहिलोपटक आयोजना भएको यस प्रतियोगिता पुुुुर्वको सर्वाधिक राशीवाला प्रतियोगिता भएको आयोजक बेलबारी क्रिकेट क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

प्रतियोगितामा होराईजन किक्रेट क्लब बिराटनगर,युनाईटेड किक्रेट क्लब बिर्तामोड, वाईसिसी किक्रेट क्लब बिराटनगर, बिसिसी दमक, बिराटनगर इन्भिन्सीवल, सिभिसी चन्द्रगढी झापा, सुनसरी युथ क्लब इनरुवा ,सप्तरी ११ राजबिराज, इलाम किक्रेट एकेडेमी इलाम, बेलबारी क्रिकेट क्लब बेलबारी, इन्द्रपुर किक्रेट क्लब सुन्दरहरैचा,पथरी ११ पथरीशनिश्चरे, इष्र्टन बुलेट किक्रेट क्लब दुहवी, बिरेन्द्रनगर किक्रेट क्लब पथरीशनिश्चरे,लर्डबुद्ध क्रिकेट एकेडेमी काकडभिट्टा र इटहरी किक्रेट एकेडेमी इटहरी  सहभागी हुने आयोजक बेलबारी किक्रेट क्लबका अध्यक्ष बिपिन आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *