प्रदेशको राजधानी बन्न दिइएला त धनकुटालाई ?

सुनसरीबाट प्रकाशित एक पत्रिकामा  प्रदेशको राजधानी इटहरीलाई बनाउनुपर्ने आशयको लेेख प्रकाशित भएपछि चैत दोस्रो हप्ता धनकुटा बजार व्यवस्थापन समितीले बिज्ञप्ति निकालेरै विरोध गर्यो ।

आफ्नो जिल्ला बिरुद्ध लेेेेख प्रकाशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले विरोध स्वरुप उक्त पत्रिकाको प्रकाशन बहिष्कार गर्ने सम्मको चेतावनी पनि दियो । सुनसरीका एक पत्रकारले पत्रिकामा  प्रदेशको राजधानी इटहरी हुनुपर्नेबारे लेख  लेखेपछि समितिले प्रेस बिज्ञप्ती निकालेर यस्तो बिरोध जनायो ।

प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा बजार व्यवस्थापन समितीले राज्यको पुनर्संरचनाको क्रममा संघीय राज्य कार्यान्यनको चरण चलिरहँदा र संघीय राज्यको राजधानी तथा केन्द्र कहाँ रहने बहस उत्कर्षमा रहेको बेला प्रत्रिकामा प्रकाशित लेखप्रति समग्र धनकुटाबासीको गम्भीर ध्यानाकर्षण भएको जनाइयो ।
माफी नमागे पत्रिका  बहिष्कार गर्ने चेतावनी दिएपछि पत्रिकाबाट उक्त लेख गलत आशयमा प्रकाशन नभए पनि धनकुटाबासीलाई त्यसले असर पर्न गएकोमा क्षमा याचना गरिपछि  बिरोध पनि सेलायो ।

करिब २ सय ५० वर्षदेखिको पूर्वाञ्चलको प्रशासनिक केन्द्रको रुपमा रहेको र स्वच्छ, समुन्नत र भौतिक पूर्वाधारले भरिपूर्ण धनकुटा   संघीय राज्यको राजधानी  हुनुपर्नेमा कसैको दुइमत छैन तर राजनितिक दलहरूले भित्रभित्रै बिराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने निर्णय भइसकेको छ ।

उच्च अदालतको प्रदेश मुख्यालय बिराटनगरमा सारिसकेको र त्यही अड्डा रहेको ठाउँमा प्रदेश राजधानी हुने भनिएकोले धनकुटालाई सजिलै राजधानी हुन दिने सम्भावना चाहिँ छैन । त्यसैले कुन पत्रिकामा के छपियो कसले के भन्यो र लेख्यो भन्ने कुराको पछि लागेर मात्र धनकुटा प्रदेशको राजधानी बन्न सक्दैन । बरु उच्च राजनीतिक तहबाट पहल र लबिङ गरेमा धनकुटा प्रदेशको राजधानी बन्न पनि सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *