Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, हाइलाइटतीन सुते रड लगाएर राजमार्गमै बन्दैछ साढे ६४ लाखको कल्बर्ट !

तीन सुते रड लगाएर राजमार्गमै बन्दैछ साढे ६४ लाखको कल्बर्ट !

March 23, 2017९१४ पटक

बिर्तामोड ।  सामान्यतः घर बनाउन ५ सुतेभन्दा बढीनै मोटाइको रड प्रयोग गरिन्छ , तर पूर्व–पश्चिम मुख्य राजमार्गमा  न तीन सुते रड प्रयोग गर्दै  कल्भर्ट निर्माण भइरहेको छ ।

हो, मापदण्ड विपरीत सडक डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा ठेकेदार कम्पनीले बिर्तामोडको मुक्तिचोकबाट एक किलोमिटर पूर्व नयाँ बसपार्क मोडिने ठाउँनेर भत्किएको कल्भर्ट निर्माण गरिरहेको छ । केही चार सुते रड प्रयोग गरिए पनि पिलरका लागि उठाइएका सबै रड तीन सुते छन् ।

गत असोजमा आएको अविरल बर्षाका कारण कल्भर्ट भत्किएर सडक नै अवरद्ध भएको थियो । तत्काल डाइभर्सन गरी साइडबाट यातायातका साधन गुडाइए पनि उक्त कल्भर्ट निर्माणको काम पूरा भएको छैन ।

सडक डिभिजन कार्यालय दमकले उक्त कल्भर्टका लागि पुस १७ गते बिर्तामोडमा रहेको एभरग्रीन कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप अहिले कल्भर्ट निर्माणको काम भइरहेको छ तर ठेकेदार कम्पनीले राजमार्गको कल्भर्ट निर्माण गर्दा समेत तीन सुते रड प्रयोग गरेपछि सरोकारवालाले आपत्ति जनाएका छन् ।

 

हाल सात मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको कज्वे भएको  कल्भर्ट निर्माणका लागि उठाइएका तीन वटा पिलरमा सबै तीन सुते रड प्रयोग गरिएको त्यहाँ कार्यरत मजदुरले बताएका छन् । ठेकेदार कम्पनीका भरत भट्टराईले  केही त्रुटी भएको त स्विकारे तर ३५ प्रतिशत काम सम्पन्न भइसकेको र एक महिनाभित्र स्ल्यापिङको काम गरिने  बताए ।डिजाइनमा केही त्रुटी भएकै हो, यो त्रुटी मेरो कम्पनीले गरेको होइन, सडक डिभिजन कार्यालयका इञ्जिनियरले गरेको डिजाइन अनुसार हामीले काम अघि बढाएका छौं– उनले भने ।

यता सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवले पुल निर्माणमा त्रुटी भएको स्वीकार्दै त्यसलाई तत्काल सच्याउने बताए । डिजाइनमा त्रुटी भयो, अब रड थपेर भए पनि जतिसक्दो काम चाँडो निर्माण सम्पन्न गर्छौ– उनले भने ।

असार मसान्तसम्ममा उक्त कल्भर्ट निर्माणको काम सम्पन्न गर्नुपर्ने सडक डिभिजन कार्यालय दमकसँग सम्झौता गरिएको छ । ६४ लाख ५० हजार रुपैयाँको लागतमा कल्भर्ट निर्माण गर्ने सम्झौता भएको थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad