Samyentra Dot Com

गृहपृष्ठ » न्युजनेपाल आए है भारतीय ‘गुगल ब्वाइ’

नेपाल आए है भारतीय ‘गुगल ब्वाइ’

March 23, 2017३२६ पटक

काठमाडौं/ अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित नेपाल आएका छन् ।

हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याएको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् ।

उनलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपालले धेरै चीजको लाभ लिन सक्ने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष अध्यक्ष सुदर्शन गैरापिप्लेले बताए । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उनको दावी छ ।

कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताव बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए । 

कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार पाइसकेका छन् । त्यस्त्तै  काशि विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो ।

उनी बिहीबार राजधानी आएका छन्  । उनले शुक्रबार पशुपतिनाथको पूजा आराधना गर्नेछन् ।
उनका लागि बिहिवार  अर्थात् चैत्र ११ गते पशुपतिको पुजा दर्शनको व्यवस्था मिलाइएको छ । उनी  इन्डियन एम्बेसीबाट बिहान ७ बजे
पशुपति  गइ समय ८ बजे पूजा गरी फर्कने छन् । चैत्र १२ गते साढे १ बजेदेेेेखि ३ बजेसम्म निर्धारित कार्यक्रममा सहभागी हुनेछन । चैत्र १३ गते पलाञ्चोक भगवती मन्दिर (काभ्रेपलाञ्चोक, कुशेश्वर महादेव मन्दिर (सिन्धुली),  काठमाण्डौंका विशेष ठाउँहरु र पोखरा घुमेर उनी फर्कने बताइएको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad