पुर्वी नेपालमा लोकप्रिय बन्दै सगरमाथा र नागरिक यातायात

मोरङ ।  पुर्वी नेपालको तराइ क्षेत्रमा केहि नयाँ कम्पनीका नयाँ गाडीहरुले राम्रो प्रख्याती पाएका छन् । यस्तो प्रख्याती पाएसंगै त्यसको सिको गर्दै अरु गाडी थप्नेहरु समेत बढ्नका थालेका छन् ।

Exif_JPEG_420

खासगरी काकडभिट्टादेखि धरान र बिराटनगर चल्ने ती बसमा यात्रुहरुको आकर्षण बढेको छ । ४ महिना अघिदेखि सन्चालनमा आएको सगरमाथा यातायातको बस यतिबेला सबैभन्दा लोकप्रिय बनेको छ ।
सगरमाथा यातायात प्राली काकडभिट्टाद्वारा संचालित बसमा यात्रा गर्ने सबै यात्रुलाई भाडा तिरेबापत टिकट दिइन्छ । दैनिक तोकिएको समयामा हिड्ने, स्टेसन बाहेक अन्यत्र नरोकिने, सिट क्षमता अनुसार यात्रु चढाउने जस्ता बिशेषता भएका यी बसमा सिसि टिभी समेत जडान गरिएको छ ।

यस कम्पनीका जम्मा ११ वटा बस दैनिक निर्धारित समयमा काकडभिट्टाबाट धरान र बिराटनगर जान्छन् र फर्कन्छ्न् । जसमध्ये ५ वटा धरान र ६ वटा विराटनगर चल्छन् । हरियो कलरका यी बसका स्टाफहरुलाई समेत कम्पनीले ड्रेस उपलब्ध गराएको छ । भाडादर समेत निश्चित हुने र टिकट नै पाइने भएकोले यो बसमा दलाली गर्नुपर्दैन र प्राय खाली पनि हुदैनन् । टाटा कम्पनीको एकछत्र बजार भएको बेला अन्य बसभन्दा केहि ठुला साइजका अशोक लिल्याण्ड कम्पनीका बस सगरमाथा यातायातले सन्चालनमा ल्याएको छ । नेपाल सरकारको नीति अनुसार यसले ९५ प्रतिशत भन्सार छुट र यातायातमा लाग्ने सम्पूर्ण गाडीको मुल्यको ७ प्रतिशत सडक सम्भार कर समेत छुट पाएको छ ।
सिसिटिभि जडान गरिएकोले पकेट मार्ने तथा गैरकानूनी कार्य गर्नेलाई सजिलै पक्रिएर कारबाही गर्न सकिन्छ । महिला, बृद्व, अपाङ्गलाई छुट्टै सिटको ब्यवस्था गरी टिकमा ५०% छुट दिइएको छ भने बिद्यार्थी र सञ्चारकर्मीहरुलाइ पनि छट दिने गरिएको छ । निजी क्षेत्रका १० व्यवसायीको पहलमा नेपालमा नै पहिलो पटक नेपाल सरकारले ब्यवस्था गरेको नियमअनुसार छुटमा बसहरु आयात गरिएको जानकारी कम्पनीका अध्यक्ष खगेन्द्र उप्रतीले दिएका छन् ।
त्यसैगरी नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालि काकडभिट्टाले पनि सगरमाथा यातायातकै जस्तो सुबिधा र शैलीमा काकडभिट्टादेखि धरान र विराटनगरसम्म नागरिक यातायात सन्चालनमा ल्याएको छ । एक डेढ महिना अघिदेखि रातो कलरका गाडी सन्चालन गरेको नागरिक यातायातले ल्याएका बस टाटा कम्पनीद्वारा निर्मित मार्कोपोलोका छन् । हाल पुर्वमा सगरमाथा र नागरिक यातायातका बसमा यात्रुहरुको भिड हुने गरेको छ ।
– अम्बिका भण्डारीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *