एनसेलको कर छली बिरुद्ध उत्रिए सार्वजनिक संस्थाका कर्मचारी

काठमाडौं । एनसेलले राज्यलाई बुझाउनु पर्ने ३५ अर्ब लाभकर तत्काल उठाउन कर्मचारीहरुले सरकारसँग माग गरेका छन् ।

एनसेललाई करमुक्त गराउन सरकार नै लागि परेको भन्दै कर नउठे सरकार विरुद्ध नै संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका समेत हुन् ।

कर्मचारीहरुले मंगलबार दिउँसो राजधानीको माइतीघर मण्डलामा सांकेतिक विरोध स्वरुप प्रदर्शनी गरे । सामन्य पियनले समेत राज्यलाई कर तिर्ने गरेको बताउँदै उनीहरुले एनसेलले अर्बौ रुपियाँको कर नतिर्ने प्रपञ्च रचेको आरोप लगाए ।

एनसेलको उक्त छली अभियानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरुको हात रहेको आशंका व्यक्त गर्दै कर्मचारीहरुलाई देशको सम्पती गुम्दा पीडा हुने गरेको बताए ।

‘प्रचलित कानुन बमोजिम एनसेललाई शिघ्र कर अशुली गराउन माग गरेका छौं,’ सार्वजनिक संस्था कर्माचारी संगठन नेपालका अध्यक्ष गोविन्दप्रसाद पौड्यालले भने, ‘नत्र देशभरका ४० हजार कर्मचारी एनसेल र सरकार विरुद्ध उत्रिन वाध्य हुनेछौं ।’ उनले त्यसबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको समेत जानकारी दिए । ( निर्माणसंसार डटकमको सहयोगमा )

ध्यानकर्षणको पूर्ण पाठ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *