Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद, मनोरञ्जन, मुख्य खबरउदयपुर गोल्डकपको आम्दानी साढे ३४ लाख, खातामा ५ हजार १ सय ८१ मात्रै !

उदयपुर गोल्डकपको आम्दानी साढे ३४ लाख, खातामा ५ हजार १ सय ८१ मात्रै !

March 21, 2017११९१ पटक

बिदुर कटुवाल, उदयपुर । 
भव्य र सभ्य रुपमा सम्पन्न भएको चौथो उदयपुर गोल्डकपमा २ लाख खुद नाफा भएको छ तर, खतामा भने हाल नगद मौज्दात ५ हजार १ सय ८१ मात्र मात्र छ ।

गोल्डकप मुल आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको आय–व्याय प्रतिवेदनमा यस्तो बताइएको हो ।
सार्वजानिक गरेको आय–व्ययमा गोल्डपकले खुद नाफा २ लाख ७३ हजार ५ सय ११ रुपैँया गरेपनि हाल गोल्डकपको खातामा ५ हजार १ सय ८१ रुपैयाँ मात्र रहेको मुल आयोजक समितिका संयोजक किरण राईले बताए । ‘उठ्न बाँकी ४ लाख ४० हजार ५ सय छ,’ पत्रकार सम्मेलनमा हाँस्दै भने, ‘पैसा उठेको छैन, हाल गोल्डको खातामा ५ हजार १ सय ८१ मात्र छ ।’
पत्रकार सम्मेलनमा राईले सार्वजानिक गरेको प्रतिवेदनका अनुसार खुुद आम्दानी ३४ लाख ४४ हजार ५ सय गरेको छ । ‘गोल्डकपमा खर्च जम्मा ३१ लाख ७० हजार ९ सय ८९ भएको छ’ राईले पत्रकार सम्मेलनमा प्रष्ट्उँदै भने, त्यही खर्च अझै १ लाख ७२ हजार १ सय ७० तिर्न नै बाँकी छ । राईका अनुसार प्रायोजकहरुले अझै पनि गोल्डपकलाई दिन्छौ भनेको पैसा दिएका छैन्न ।
यस्तो छ  खर्चको बिबरण
पत्रकार सम्मेलनमा सार्वजानिक गरिएको आय व्यय प्रतिवेदन अनुसार फिल्ड तयार तथा मर्मत गर्न ३ लाख ९८ हजार ७ सय ८६ रुपैँया, सम्मान तथा पुरस्कारको लागी ४ लाख २७ हजार ६ सय, मञ्च व्यवस्थापनमा २ लाख २ हजार ५ सय ३५ रुपैँया, सहभागी खेलाडी टिमलाई जम्मा एकमुष्ट ८ लाख ९० हजार खर्च भएको संयोजक राईले पत्रकार सम्मेलनमा बताए । पुरस्कार, अतिथि सत्कार तथा सम्मानमा मोटो रकम खर्च गरिएको बताइएको छ ।
यसैगरी राईका अनुसार प्रचार प्रसारको लागी १ लाख २९ हजार २ सय ५०, यातयातमा १ लाख २७ हजार ६ सय ९०, औषधी खर्चमा १५ हजार १ सय ९७, अतिथि सत्कारमा १ लाख ७२ हजार ८ सय २३, खाना बासमा गाईघाटमा रहेको होटल आशा, कन्चनजंघा होटल, होटल यलाखोममा जम्मा १ लाख ६८ हजार ६ सय ७, ज्याला भत्तामा १ लाख ४२ हजार ४ सय १५, मसलन्द शिर्षकमा खर्चमा ७० हजार ७ सय ५ रुपैँया खर्च भएको संयोजक राईले बताए । यसैगरी विधि शिर्षकमा समेत खर्च भएको छ ।
यसरी भयो आम्दानी
गोल्डकप आयोजना गर्नको लागि  रमाईलो मेला समेत आयोजना गरिएको थियो । जसबाट ३ लाख आम्दानी भएको देखाइएको छ ।

रमाईलो मेलाबाट आम्दानी भएको रकम प्रष्ट छैन । ‘गोल्डकपमा धेरैले होटबाट बिल मिलाएर पैसा असुलेको हो ।’ मुल आयोजक समितिका सदस्य एकले भने मैले नाम खुलाउन मिल्दैन, ‘नभए कसरी हाल गोल्डकप समितिसँग ५ हजार मात्र रह¥यो त ?’ पत्रकार सम्मेलनपछि आयोजककै आय व्यय प्रति असन्तुस्ट रहेको पाइएको छ ।

फेरि रमपम तयारी चाउचाउ मूख्य प्रयोजकले गोल्डकपमा ३ लाख ९४ हजार दिएको छ । त्रियुगा नगरपालिकाकाले ४ लाख, जिल्ला बिकास समितिले २ लाख ९५ हजार ५ सय, संसद भेषकुमार राउतको संसदीय कोषबाट ९८ हजार, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख, गेट टिकट ४ लाख १६ हजार २ सय मूख्या रहेको सहयोग प्रप्त भएको मुल आयोजकका संयोजक राईले बताए । यसरीनै ५ हजारदेखि ३० हजार सहयोग गर्ने कन्ट्रकसनदेखि विभिन्न व्यक्तित्वहरु रहेका छन् ।
गएको माघ २७ गतेदेखि सञ्चालन भएको चौथो उदयपुर गोल्ड फागुन ५ गतेसम्म सञ्चालन भएको थियो । टिकटदेखि अन्य आयका विवरण प्रष्ट रुपमा राखिएको छैन । विभिन्न ८ क्लवले भाग लिएको गोल्डकपमा गोल्डकपको उपाधि रुपन्देही ११ ले हात पारेको थियो ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad