पैसा भएपछि …

========= गजल =========
कैयौं पुण्य किन्न पाइन्छ पैसा भए पछि
माया प्रेम छिन्न  पाइन्छ पैसा भए पछि ।।

आफ्ना दूर हुन्छन् यहाँ दु:ख आई पर्दा
नाता गोता चिन्न पाइन्छ पैसा भए पछि ।।

कस्ले हेर्छ पुज्छ कसले दु:खी दरिद्रलाई
छाती खोली हिन्न  पाइन्छ पैसा भए पछि ।।

यस्तो भन्छ नेताजीले मातृभूमि बेच्छु बरू
दु:ख र् दर्द पिन्न  पाइन्छ पैसा भए पछि ।।

सब्को बन्छ हाईहाई यो मुस्कान त्यति बेला
साँच्चै भन्छु भिन्न  पाइन्छ पैसा भए पछि ।।

मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी )
सँगमटोल टिकापुर ७ कैलाली हाल-यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *