कर्पोरेट डेभलपमेन्ट बैंक प्रकरण : राष्ट बैंक कमजोर, अख्तियारको आस

काठमाडौं । कुनै पनि बित्तिय संस्था गाभिन होस वा बिक्री, साधारण सभा हुनु र शेयरधनीको राय लिनु जरुरी हुन्छ । तर मिति २०७१ पुसमा  नेपाल राष्ट बैंकले समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको कर्पोरेट डेभलपमेंन्ट बैंकलाई बिगत ५ बर्ष देखि साधारण सभा नगरेपनि र शेयरधनीहरुको राय नलिए पनि केबल एक दुई निर्देशकको निजि सचिबालयमा बसेर गरेको निर्णयलाई नेपाल राष्ट बैंकले अनुमति दिनु र बिक्रीको प्रक्रीयालाई अघि बढाउनु ठुलै रहस्य बनेको छ ।

राजनितिक भनसुनको कारण त्यस बैंकका अध्यक्षलाई केवल स्पष्टीकरण मागेर मात्र छोडियो भने सिइओलाइ रु ५ लाख जरिवाना गरी छोडियो ।
समस्याका मुख्य जड पूर्व अध्यक्ष मोहनराज रेग्मीले बैकलाइ समस्या घोषित गर्ने चाल पाउना साथ अध्यक्ष पदबाट राजिनामा दिए पनि निर्देशक पदमा आशिन रहि अध्यक्षले गर्ने कार्य नै गर्दै आए । बर्तमान अध्यक्ष बिष्णु प्रशाद सुवेदी थपना मात्र साबित भए । दश लाख शेयर पुजि हालेर शेयरधनीहरुको बिस करोडको पुजिलाई धरासायी पार्ने पूर्व अध्यक्ष रेग्मीलाइ केवल स्पस्टिकरणमात्र मागेको सुन्दा बैंक कर्मचारीहरु समेत अचम्मित छन ।
कमजोर गर्भनर हुनुको फाइदा आज बित्तिय अपराधिहरुले उठाइरहेका छन । यतिसम्म हुदा पनि नेपाल राष्ट बैंक मौन नै बसिरह्यो । नेपाल राष्ट बैंकप्रति शेरधनिको अब बिस्वास मरिसकेको छ । यसले दोसिलाइ कार्वाहि गर्ला र बैकले गतिलेला भनेर सोच्नु बेकार भएको छ । अव शेयरधनिको आशा केवल अख्तियार प्रति छ ।  – समाचार न्युजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *