Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, मनोरञ्जनको मोहित नहोला सोनियाको नशालु नजर देख्दा ?

को मोहित नहोला सोनियाको नशालु नजर देख्दा ?

March 15, 2017११४५ पटक

भरत शिवाकोटी
काठमाडौं दहचोक निवासी पिता मेघराज जी. आर. र माता दिलमायाकी पहिलो सन्तानका रुपमा जन्म भएकी सोनिया जी. आर. सानै उमेरदेखि कलाकारिता क्षेत्र प्रति आकर्षित हुँदै अभिनय गर्न रुचाउथिन |
सन् २००८ मा फिल्म डाइरेक्टर श्याम भटटराईसँग एक्टिंग क्लास लिएर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी सोनिया निरन्तर यो क्षेत्रमा लागिरहेकी छन | सानै उमेरदेखि कलाकारितामा चाख बोकेकी उनी टिन एजमै विभिन्न म्युजिक भिडियोमा मात्र छाईनन नेपाली चलचित्र क्षेत्रमा नायीकाको भूमिका समेत निर्वाह गरिसकेकी छिन् |

यिनै सोनिया आफ्नो जीवन्त अभिनयका कारण म्युजिक भिडियो मार्फत दर्शक तथा श्रोता माझ निक्कै चर्चित एवं लोकप्रिय बन्दै गइरहेकी छन |
फोटोसुट तथा परोपकारको काममा समेत व्यस्त रहदै आएकी सोनिया अभिनित म्युजिक भिडियो गीत ‘’बुटोल बजार’’ गत १० मार्च  मा युटयूव मार्फत सार्वजनिक भएको छ | मायामा एक अर्कालाई विश्वास दिलाउन भरमग्दुर प्रयास गरिएको उक्त गीतमा एकले अर्कालाई नशालु नजर नलगाउन भनेपनि माया भने गाढा रहेको पाइन्छ तर यो माया र नशालु नजर साँच्चिकै हो कि गीतमा मात्र हो त्यो भने सोनिया र कलाकारहरुले नै जानुन | लक्ष्मण नेपाली, सरिता परियार र अमृत लुवागुनको स्वर रहेको छ भने शब्द तथा संगीत लक्ष्मण नेपाली को नै रहेको छ | सोनिया जी आर, लक्ष्मण नेपाली र शेर बहादुर तामाङको बेजोड अभिनय रहेको गीतको निर्देशन तथा सम्पादन जी. सी. दिप सागरले गरेका हुन भने सिमरान म्युजिक ले उक्त गीत बजारमा ल्याएको हो |

ब्यस्त समयका कारण धेरैपछि दर्शक तथा श्रोता माझ आएको गित ‘’बुटोल बजार’’ बच्चा देखि युवा र वृद्द सम्म सबैले मन पराउने र सफलता मिल्ने विश्वास व्यक्त गर्दै सोनियाले गीतमा लोकपप रिमिक्सले मिठास भरेको हुँदा एकपटक सबै दर्शक तथा श्रोतालाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन |

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad