लुट -२ युएईभरका हलहरुमा प्रदर्शन

 दामोदर दाहाल, युएई,

नेपालमा फागुन १४ देखि प्रदर्शन भइरहेको चलचित्र लुट -२ आगामी मार्च ९ देखि युएईभरका हलहरुमा प्रदर्शन हुन लागेको छ । 

युएईमै धेरै हल भएको भक्स सिनेमा, स्टार सिनेमा, नोभो सिनेमा र बलिउड सिनेमाघरहरुमा एकसाथ प्रदर्शन हुन लागेको यो चलचित्रले धेरै नेपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने वितरक समूह कन्सेप्ट भिजनका राजन अधिकारीले दावी गरेका छन ।

लुट-२ को टिकट अनलाइन मार्फत भक्स सिनेमाको वेब साइट मार्फत पनि  बुक गर्न सकिने जानकारी दिँदै सम्पूर्ण युएईमा रहेका नेपालीहरुलाई चलचित्र बाट मनोरञ्जन लिन आयोजकहरुले आग्रह गरेका छन।

दुबई र अबुधाबीका हलहरुमा छक्कापन्जा प्रर्दशनको रेकर्ड लुट-२ ले तोड्ने वितरण समूह कन्सेप्ट भिजनका संचालक सालिक सुबेदीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *