स्थानीय उत्पादन नै मुख्य आर्कषण भए चौथो पूर्वाञ्चल महोत्सवमा 

बिदुर कटुवाल, उदयपुर/ चौथो पूर्वाञ्चल महोत्सवमा मुख्य आर्कषण स्स्थानीय उत्पादन भएको छ ।

विशेष गरेर स्थानीय कच्चा पर्दार्थ प्रयोग गरेर उत्पदन गरिएको विभिन्न प्रकारका उपभोग्य बस्तु मुख्य अर्कषणको केन्द्र बिन्दु बनेको हो ।

महोस्तव सुरु भएको तेस्रो दिनमा जिल्लामै उत्पादन गरिएका विभिन्न उपभोग्य बस्तुहरु दर्शकको रोजाईमा परेको देखियाे । फागुन १८ गतेदेखि २८ गतेसम्म चल्ने महोत्सवमा स्थानीय स्तरमा उत्पदन गरिएका खाद्यन्न तथा लत्ताकपडा, घरयासी फर्निचर लगायतको माग बढेको छ । आयोजक त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगवतका अनुसार बाँसका मुढा, कुर्सी, दालमोट भुजिय, ढाका कपडा, सरप लगायतले बजार पाएको छ ।
‘महोत्सवमा स्थानीय रुपमा उत्पदन गरिएका बस्तुले विशेष रुपमा बजार पाएको मैले देखेको छु,’ अध्यक्ष भगवतले भने, ‘त्यसमा पनि विशेष रुपमा स्थानीय कृषि औजारतथा राष्ट्रिय पहिचान बोकेको खुकुरीलेको बजार बढेको छ ।’

महोत्सवमा सरकारी तथा गैर सरकारी निकायले सञ्चालन गरेका सिपमुलक तालिमबाट व्यवसायीक बनेका उद्यमीहरुले सिपको पर्दशी गर्न पाएको महोत्सव प्रचार प्रसार विभागका प्रमुख केदार थापाले बताए । ‘सिप सिकेर उत्पदन गरेका बस्तुहरुका समानाले बजार पाउनुको साथै प्रचार प्रसार बढाएको छ ।’ थापाले भने, ‘वर्षेनी उदयपुरका आयोजना हुने महोत्सवले उदयपुरमा लघु उद्यमीको संख्या बढाउँदै गएको देखाउँछ ।’
महोसत्सवमा दियो उद्यमी समुहद्वरा उत्पादित दालमोट भुजिया, त्रियुगा नगरपालिका १५ मा रहेको लालि गुराँस सरफ उद्योगले सरफ, त्रिनपा ११ मा रहेको लक्ष्मी ढाका उद्योगले ढाकाका कपडा, गिता ढाका उद्योग भलायडाँडाँ ९ ध्वाँसेले पनि ढाकाको कपडा र श्री राधाकृष्ण फर्निचर उद्योग बेल्टार बसाहाले बाँसबाट बनेका फर्निचरले बढीमा मात्रमा बजार पाएको प्रचार प्रसार विभागका थापाले बताए ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा राष्ट्रिय कलाकारहरुको दैनिक सँासकृतिक कार्यक्रममा रहेको छ । महोत्सवमा महोत्सवका लागि २ सयवटा व्यापारिक स्टलमा अधिकाँस स्थानीय स्तरमा उत्पदन गरिएको विभिन्न सामानले भरिएको छ ।
दश दिनसम्म सञ्चालन हुने उक्त महोत्सवले करीब दुई करोडभन्दा माथिको आर्थिक कारोबार गर्ने डेढ लाखसम्म आगन्तुक पर्यटक महोत्सवमा सहभागी हुने अनुमानन रहेको महोत्सव प्रचार प्रसार समिति संयोजक थापाले बताए ।

गाईघाट महोत्सवमा गायिका सुनुवारको धमाका
पछिल्लो समयमा दर्शक श्रोतामाझ लोकप्रिय बन्दै गएकी गायिका पुजा सुनुवारले गाईघाट महोत्सवमा धमाका मच्चाएकी छिन् । महोत्सव सुरु भएको पहिलो दिन दिन मञ्चमा आईपुगेकी गायिका सुनुवारलाई दोस्रो दिन पनि दर्शकले गाउन आग्रह गरेका थिए ।
महोत्सवको उद्घाटन दिन पहिलो गित स्वरुप ‘सेल्फी टु टिउसन पढाँउछु…..भन्ने गित गायकी सुनुवारलाई तीन पटकसम्म दर्शक गाउन लगाएका थिए । यसैगरी पहिलो दिनमै विभिन्न गित सुनाएकी सुनुवारलाई आयोजकले दोस्रो दिन पनि गाउन आग्रह गरेको थियो । महोत्सवको दोस्रो पहिलो प्रस्तुती स्वरुप ‘चिट्टीकै छु नी म त, बाटी दुई चुल्ठी…घुमाउन कान्छा काठमाण्डौ सहर लाई घुमाउन कान्छा गाईघाट सहर भनेपछि दर्शकको हुटिङ बढेको थियो ।
यसैगरी ‘भर्खरै पो थाहा पाए यो मन चोरी सके छौ तिमिले…भन्ने गितको प्रस्तुति पछि पुन दर्शकले ‘घुमाउन कान्छा काठमाण्डौ सहर लाई घुमाउन कान्छा गाईघाट सहर भनेर गाउन अनुरोध गरेका थिए । उदयपुरको कटारी नगरपालिका ३ खसीबास स्थायी घर भएको दर्शकले थाहा पाएपछि ‘सेल्फी टु टिउसन पढाँउछु…ओके मलाई आँखा जुधाउने टिउसन पढाउ, भन्ने गितमा हुटिङ गरेका थिए । उदयपुरे गायिका भन्ने थाहा पाएपछि महोत्सवको दुई दिन मुख्य रुपमा दर्शको रोजाईमा सुनुवार परेकी थिईन ।
चर्चित गायक डम्बर नेपालीले लगायतले विभिन्न गित संगित प्रस्तुत गरेका थिए । चौथो पटक आयोजना गरिएको पुर्वाअञ्चल क्षेत्रीय महोत्सवमा पहिलो पटक उदयपुरको सदरमुकाम गाईघाटमा पाईला टेकेकी गायिका सुनुवारलाई दर्शक श्रोताले मनमुटुले चाहेपछि आयोजकले तेस्रो दिन पनि समय मागेको थियो । तर, देशका अन्य सहरमा आयोजना गरिएका संगितिक कार्यक्रम भाग लिनु पर्ने भएकाले समय दिन नसेको आयोजकको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *