Samyentra Dot Com

गृहपृष्ठ » बिशेष, सम्बाद, हाइलाइटकोशीहरैंचा एक्सपो नेपालकै एक नमुना महोत्सव हुनेछ – भोलेश्वर दुलाल

कोशीहरैंचा एक्सपो नेपालकै एक नमुना महोत्सव हुनेछ – भोलेश्वर दुलाल

March 2, 2017७३९१ पटक

भोलेश्वर दुलाल संयोजक
कोशी हरैंचा एक्सपो २०७३ आयोजक मूल समारोह समिति

कोशी हरैंचा एक्सपो के का लागि र किन ?
कोशी हरैंचा औधोगिक प्रदर्शनी एकखालको पहिचान र हामी उद्योगी ब्यबशायीहरुको आफ्ना उत्पादनहरु प्रबर्धनका लागि आम उपभोक्तामाझ पुर्याउने मुख्य उद्देश्यका साथ यो एक्स्पो आयोजना गरेका छौं । कोशी हरैंचा उद्योग बाणिज्य संघले हरेक पाँच पाँच बर्षमा महोत्सब आयोजना गर्ने योजना मुताविक यो एक्सपो आयोजना गरिएको हो । यो औद्योगिक प्रदर्शनीमा कृषि सम्बन्धि बिभिन्न औजार तथा उत्पादनहरु, आइटीका सामान तथा नयाँ प्रविधिहरु, स्कुल तथा कलेजका आफ्ना प्रोडक्टहरु र औद्योगिक उत्पादनहरु एउटै थलोमा पाइनेछ । त्यस्तै अटो लाइनका मोटरसाइकलहरु , चारपांग्रे कार एवम् गाडीहरुका २३ वटा स्टलहरु रहनेछन् । त्यसैले सबै खालका र सबै कम्पनीका कार तथा गाडीहरु यहीं पाइन्छन् । यही फागुन २१ गते दिनको १ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक्सपो फागुन २९ गते समापन हुनेछ ।
एक्सपो शुरु हुनुभन्दा तीन चार दिन अघि नै करिब ९५ प्रतिशत स्टलहरु बुकिगं भइसकेका छन् । बांकी पाँच प्रतिशत स्टलहरु हात पार्न तँछाड मछाड चलिरहेको छ । अहिलेसम्म निकै उत्साहसाथ उद्योगी र ब्यबशायीले स्टल बुकिगं गरेका छन् । हामीले गर्ने तयारी पनि लगभग सकिएको छ । हामी एकदमै हाइ एलर्ट सुरक्षाका साथ ब्यबस्थापन गरेका छौं ।
एक्सपोका खास आकर्षण चाहिं के के छन् ?
एक्सपोमा बिशेष आकर्षणहरु हेलिकोप्टरबाट साइड सिनको ब्यबस्था , एक्सपो अबधिभर एक्सपो स्थल वरपर फ्री वाइफाइको ब्यबस्था, सबै स्टलहरुको इन्स्युरेन्सको ब्यबस्था जस्ता कुराहरुको लागि हामीले ब्यबस्था मिलाइसकेका छौं । यो एक्सपो मनोरञ्जनको हिसाबले अत्याधिक राम्रो हुनेछ । वालवालिकाहरुका लागि वाल उद्यान र दैनिक बिभिन्न कलाकारहरुका साथ सांगितिक तथा साँस्कृतिक कार्यत्रमहरुको बेजोड प्रस्तुती रहनेछ । यस एक्सपोमा चौंरी गाइको प्रदर्शनी हुनेछ । अस्टिृज लगायत धेरैखालका चराचुरुंगी रहनेछन् ।
एक्सपोमा सबै खालका स्टलहरु रहनेछन् । त्यसैले यो कोशी हरैंचा र पूर्वी नेपालको मात्र नभएर नेपालकै एउटा नमुना महोत्सब हुनेछ । त्यसैले आम उपचोक्ता, खासगरी कोशी हरैंचाबासी र पूर्वाञ्चलबासी जनसमुदाय र सबै दर्शकहरुलाइ एक्सपोमा उपस्थित भई हेरेर, अबलोकन गरेर यसको महत्व बढाइदिनुहोस ् भन्ने अनुरोध गर्दछौं ।
हेलिकोप्टरबाट साइड सिनको ब्यबस्था गरिएको छ भन्नुभो, त्यसबारे स्पष्ट पारिदिनोस् न
यसलाइ हेलिसफारी पनि भन्न सकिन्छ । महोत्सवमा आउने दर्शकहरुलाइ मनोरञ्जन र नयाँ अनुभब दिलाउनका लागि हामीले यो ब्यबस्था गरेका हौं । एकपटकमा ५ जनाले यात्रा गर्न सक्ने गरी यात्रा गराउन सिम्रिक एयरको हेलिकोप्टर ब्यबस्था गरिएको छ । एउटा हेलिकोप्टरले एक्सपो अबधिभर दैनिक उडान गर्नेछ । प्रतिब्यक्ति ७ हजार ५ सय रुपयाँ तिरेर हेलिसफारीको लागि टिकट लिएपछि यो सुबिधा लिन सकिन्छ । हेलि साइडसिन अन्तरगत एक्सपो स्थलबाट उडान शुरु भई इटहरी र धरानमाथिको आकाशबाट भेडेटार हुँदै धनकुटाको राजारानी पुगेर पहाडी क्षेत्रका बिभिन्न रमणीय दृश्य हेर्दै फर्काइनेछ । यो यात्रा १५ मिनेटको हुनेछ । त्यसका लागि हालसम्ममा ३ सय भन्दा बढीले टिकट बुकिगं गरिसकेका छन् ।
एक्सपोमा कति कारोबार वा आम्दानी हुने लक्ष राखिएको छ ?
एक्सपो अबधिभरमा १० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । जसबाट १ करोड ५० लाख आम्दानी गछौं भन्ने लक्ष लिएका छौं । जसमध्ये ६८ लाख खर्च हुने अनुमान गरेका छौं । करिब १ करोड बचाउने र त्यो रकमबाट कोशी हरैंचा नगरपालिका क्षेत्रका खोर्साने, बिराटचोक, सलकपुर र हरैंचामा गरी ४ वटा सार्वजनिक शौचालय निर्माण गर्ने योजना छ । यही पवित्र उद्देश्यका साथ हामी अगाडि बढेका छौं । त्यसका लागि सबैको उत्साह र हौसला देखेर हामी पनि उत्साहित भएका छौं । मुख्य प्रायोजक नेपाल बंगलामेश बैंक लगायत पीएलओ लुब्रिकेन्टस्, नेपाल लाइफ इन्स्योरेन्स,गोकर्ण रिसोर्ट, प्रणाम इट्टाभट्टा,उत्सव जुत्ता चप्पल,राजेश अटो मोबाइल्स,सामे ट्यााक्टर आदि प्रायोजकहरु अनि उद्योगी, ब्यापारी र ब्यबशायीहरुको सहयोग र सहभागिताका कारण हाम्रो लक्ष पुरा हुने विश्वास बढेको छ ।
अन्त्यमा …….
हामीले पवित्र उद्देश्का साथ यो एक्सपो आयोजना गरेका छांै । त्यसैले कोशीहरैंचाबासी लगायत पूर्वी नेपाल एवम् देशबासी र देश बिदेशमा रहनुहुने महानुभाबहरुले सम्भब भएसम्म एक्सपोमा सहभागी भइ तन मन र धनले साथ दिएर हाम्रो लक्ष पुरा गर्नका लागि सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु । – प्रस्तुती अम्बिका भण्डारी 

यी पनि पढ्नोस –

– प्रधानमन्त्रीबाटै हुनेभो कोसी हरैंचा एक्सपोको उद्घाटन

– अन्तिम चरणमा पुग्याे कोशी हरैंचा एक्सपोको तयारी 

– हेलिकप्टर चढ्न नि पाइन्छ कोशी हरैचा एक्सपोमा

– बिराटचोकमा हुने कोशीहरैचा एक्सपो २०७३ को भब्य तयारी

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad