प्रेम दिवस मनाइयोस् त यस्तो

तस्रो एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् ।

प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकिकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति नै बस्तीमा पुगेको उनीहरुले बताए । व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाएको उनीहरुको भनाई छ ।

प्रगाढ प्रेमकै कारण सामाजिक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्का प्रतिको विश्वास भए असम्भव केहि नभएको बताएका छन् । पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताए । मुसहरहरुको माझमा रहेर उनीहरुको दुख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरेले बताएकी छिन् ।

मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *