भाग्य बदल्दिन पनि सक्छन् फेसबुकमा भेटिएका अपरिचितले

जगत अाचार्य

सन् २०१५ मा दक्षिण कोरियाको सुदुर दक्षिण क्षेत्रको सामुन्द्रीक तट स्थित खजे शहरमा वसेको आधा वर्ष भन्दा धेरै बितिसकेको थियो। पानीजहाजका पाइप र पुर्जा जोडदै थिए। दैनिक जसो दस देखि चौध घन्टासम्म हुने निरन्तर शारिरिक श्रमले ज्यान अति नै थाकेको हुन्थ्यो। बिदेशमा आएपछि काम नगरी सुखै छैन।

एकदिन आइतबार थाकेर लखतरान भइ पल्टेको थिए। एक अपरिचित युवतीको सन्देश आयो। ‘हेल्लो हाउ आर यु?’ कहिल्यै नचिनेकी युवतीको सन्देसले केटा मान्छेलाइ उत्तेजित त बनाउँछ नै। म पनि त्यसै उत्त्तेजित भएंं ।

‘आएम गुड, नाइस टु मीट यु’ टुटेफुटेको अग्रेजि भाषामा जवाफ फर्काए। कुरा लामो भएन। त्यत्तिकै टुगियो। एक हप्ता पछि त्यही अपरिचित ब्यक्तीबाट फेरि सन्देश आयो। सोचे कुनै केटाहरुले मलाइ मुर्गा बनाउँदै छन्। मन दिएर कुरा गरिन। सन्देश आइरहे पछि अवाक भएर हेरे। सन्देशमा लेखिएको थियो ‘म कोरियाको के-पप म्युजिकल कन्सर्टमा आउँदै छु नी। अनि त्यहाँ बिर्थीलाइ अग्रेजी पनि सिकाउने इच्छा छ। सहयो गर्छौ?’

मलाइ तनाब भयो। फेसबुकमा फोटो हेर्न थाले। वसोवास अमेरिका। फोटोहरु सबै उतैका। अनि मनमा तर्कना आउन थाल्यो ‘इन्टरनेटबाट ठग्छन भन्छन। अमेरिकाने ठग्ने केटी होला।’ उसले भनेको कुरालाइ त्यसै उडाए। सिरियस जवाफ फर्काइन। अर्को मनमा अझै लाग्दै थियो साथीहरुले मलाइ राम्रै गरि मुर्गा बनारहेका छन्। त्यसपछिको केहि दिन कुरा भएन। कोरियाली नयाँ वर्ष सल्नाल सुरु भयो। मेरो काम गर्ने कम्पनीमा बिदा सुरु भयो। लामो बिदा अवधी भर फोन सम्पर्क भएन। कारण मरो फोन बिग्रिएको थियो।

फोन बनेपिछ फेरी उनैको सन्देशको लाइन देखे। अकस्मात फेरि उहीँ अपरिचित ब्याक्ति बाट कुरा गरेको तीन महिना पछि। आँट गरेर मैले कल ब्याक गरे। काम गर्न कोरिया पुगेको केटोले फेसबुकमा अनायास भेटिएकी केटीसँग जानी नजानी अग्रेजीमा कुरा गरे! कुनै साथीहरुले मलाइ मुर्गा बनाइरहेका रहेछन भन्ने भ्रमवाट म पार भए। ब्रोकन अग्रेजीमा सकि नसकी कुरा गर्न थाले अमेरिकामा रहेकी केटीसँग। विस्तारै लभ पर्ला जस्तो हुन थाल्यो। हैट ,फेसबुकबाट पनि प्रेम हुँदो रैछ यार।

केहि समय लाग्थ्यो केही स्वार्थपुर्ति गर्न खोजेकी केटी होली। मान्छेहरुका दिमाकले खासै सकारात्मक कुरा कहिल्यै सोच्दैनन। मैले पनि सोचिन। फोटो पठाउन थाली फेसबुकमा भेटीएकी अमेरिकन प्रेमिकाले। भाषा नजाने पनि प्रेम गर्न बन्देज हुँदो रहेनछ। उनि कन्सर्टकालागि कोरिया आउने मिति नजिकन थाल्यो। कोरियामा सबै ब्यवस्था मिलाइदिने जिम्मा दिइन। अह्याएको सबै काम गरे। मान्छेको मन न हो। सम्वन्ध झन वाक्लो हुन थाल्यो। आउने दिन बल्ल बल्ल कामवाट छुट्टी मिलाए एयरपोर्ट लिन गए। ‘फेसबुकको लभ पनि कति राम्रो।’ उसलाइ देखेपछि मन दंग भयो।

काम गर्न कोरिया पुगेको केटो। अमेरिकन केटी भेटीएला भन्ने के थाहा। कोरियाको एअरपोर्टमै अमेरिकी आर्मीको दफ्फा हुने रैछ। उ सँगै अमेरिकी आर्मीहरु पनि देखे। डर लागेपनि एक छिनमा डर हरायो। अनायास फेसबुकमा भेटीएकी युवतीसँग मेरो प्रेम गाढा हुन थालीसकेको थियो। कोरियाको बसाइले हाम्रो सम्वन्धलाइ झन नजिक बनायो। कोरियाली परिकार देखि उनि आकर्षित भइन। नेपाली खानाले उनको मन तान्यो। हप्ता दिने भ्रमण पछी छुट्टिने दिन आइगयो। नरमाइलो लाग्यो। उनि अमेरिका फर्किन। म कोरियाकै जहाज चढाइ कम्पनीमा गर्न फर्के। अलि दिनसम्म गयल भएको काममा कोरियाली सहकर्मीको किचलो सहनु स्वभाविक नै थियो।

तर हवाइमा रहेकि अमेरिकन प्रेमीकाकासँगको सम्वन्धनले भने मनलाइ त्यसै चगा बनाइरहेको हुन्थ्यो। हवाई र कोरियोको समय पाँच घन्टा फरक थियो। तै पनि हाम्रो प्रमे फैलिरह्यो। एक दिन उनले अफर गरिन ‘म सँग बिहा गर्ने हो?’ फेसबुकमा भेटीएको अमेरिकन प्रेम यसरि फक्रिएला भन्ने सोचेको पनि थिइन। मैले हुन्छ भने। उनि झन खुसी भइन। मेरोलागी भिसा अप्लाइ गर्ने तयारी गरिन। कतिबेला सम्म त बिश्वासै लाग्दैन थियो। उनले भिसा अप्लाइ गरिन। फेरी मलाइ कोरिया भेटन आइन। फेरी फर्किन। अनि सम्झन थाले ‘यार यस्तो पनि हुन्छ।’

गएको साता फेसबुकमा भेटीएकी प्रमिकासँग अमेरिकी सयुक्त उच्च अदालतमा कानुनी गर्यौ। र हाम्रो फेसबुकमा भेटीएको प्रेमलाइ अवतरण गर्यौ। हैट कहिले काँहि अझै बिश्वास लाग्दैन फेसबुकमे भेटीएकी प्रेमीकासँगै मैले बिहा गरेर अमेरिका पुगे भन्ने कुरा।

– See more at: http://purbelinews.com/103187#sthash.i2oCfTkU.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *