Samyentra Dot Com

गृहपृष्ठ » आलेखमन्दिरमा पुजा निषेध गर्नेलाई कसले दन्डित गर्ने ?

मन्दिरमा पुजा निषेध गर्नेलाई कसले दन्डित गर्ने ?

February 7, 2017८०७ पटक

भरत शिवाकोटी

२१ औं शताब्दीमा विश्व दौडीरहदा आज पनि १६ औं शताब्दीका अभ्यास र रुढिवादिताले समाजलाई बेला बेला दुखाइरहेको छ,पीँडाबोध गराइरहेको छ | खासगरी समाजका केहि अगुवा अनि प्रतिष्ठित व्याक्तिहरु सँगै धर्म भित्रका विकृत पक्षहरुले आजपनि जातका नाममा व्याक्तिलाई अपमान गरिरहेको छ,उसको अधिकार कुण्ठित मात्र गरेको छैन संविधानत: प्राप्त अधिकारको खिलाफा पनि गरिरहेको छ |
घटना हो २२ माघ अपरान्हको, रामेछाप जिल्ला बेताली गा.बि.स. वडा न.- ३ स्थित सेरि मन्दिरमा कृष्ण बहादुर बि.क. आफ्नी छोरीको भाकल पुजा गर्न गए | तर वि. क. ले मन्दिरमा फूलपाती चढाउँदै प्रशन्नता व्यक्त गर्न देखेको सपना धमिलिन भने केहि क्षण पनि लागेन | जब कृष्ण वि. क. ले फुल चढाउँदै पुजा आराधना शुरु गरे तब उनलाई अपमान गर्दै कामीले मन्दिर प्रवेश गर्यो र मन्दिर अपवित्र भयो भनि पुजारीले पुजा रोके | तत्पश्चात मन्दिर संचालक समितीका अध्यक्ष जगत बहादुर कार्कीले मन्दिर अपवित्र भएको भन्दै ब्राम्हण लगाई उक्त मन्दिरमा रुद्रि पुजा गरि मन्दिर चोख्याउने काम गरे | घटना यतिमा मात्र सिमित नभई अपमानित गरिएका वि. क. लाई समाज राखि मन्दिर प्रवेश गरे बापत जबर्जस्ती ५००० रुपैया दण्ड जरिवानाको फैसला गरिएको जानकारी कृष्ण सुनारले जानकारी दिएका छन |
हाम्रो समाजमा व्याक्तिका सोच फरक-फरक हुनु स्वाभाविक हो, तर रुढिवादी संस्कारलाई परिवर्तन गर्ने अभियान चलिरहँदा र देशको कानुनले बर्जित गरेको छुवाछुतको आधारमा कसैलाई अपमानित गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि सिंगो समाज नै त्यसको बर्खिलापमा लाग्नु र कुरितिपुर्ण छुवाछुतारुपी भेदभावलाई प्रशय दिनु कानुनको नै धज्जी उडाउनु होइन र ! यस्ता घटनामा सरकार तथा सरोकारवालाको ध्यान जति मात्रामा जानुपर्ने हो त्यति मात्रामा गएको पाँइदैन |

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad