पुरुषहरुको खडेरीले बिवाह नै नगरी बस्न बाध्य छन् महिला

झण्डै साढे ७ अर्बको हाराहारीमा जनसंख्या रहेको बिश्वमा महिला र पुरुषको संख्या लगभग बराबर नै छ । तर विश्वमा यस्तो मुलुक पनि छ, जहाँ  महिलाको अनुपातमा पुरुषको संख्या निकै कम भएकै कारण त्यहाँ कयौं महिलाले विवाह गर्न नै पाउदैनन् ।

हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवा मारिए भने कयौं विदेश पलायन भएका छन् । त्यस्तै धेरै युवा जेलमा छन् । युवाको एउटा हिस्सा सेनामा छ । परिणामस्वरुप सिरियामा अविवाहित र एकल महिलाको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।

पछिल्लो एक अध्ययनले त्यहाँ ७० प्रतिशत महिला अविवाहित रहेको देखाएको छ । समाजमा रहेका केही युवामा पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि प्रतिकुलता छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसारमा कयौं सिरियाली महिलाले आफूभन्दा निकै पाको उमेरका पुरुषको साथ स्वीकार्न थालेका छन् ।

पुरुष अभावका कारण वहुविवाहको प्रचलनसमेत बढ्न थालेको छ । २३ वर्षीया शिक्षिका याराका अनुसार उनकै हाराहारीमा प्रत्येक चार महिला बराबर एक पुरुष रहेका छन् । उनी भन्छिन्, ‘यस्तै हो भने अब चाँडै नै एक पुरुषका दुइ चार पत्नी हुनेछन् ।’ (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *