Samyentra Dot Com

गृहपृष्ठ » विदेश/रोचक, समाज, हाइलाइटबेलबारी नापीमा रसिद नै नकाटी फायल नक्सा निकाल्ने गरेको खुलासा

बेलबारी नापीमा रसिद नै नकाटी फायल नक्सा निकाल्ने गरेको खुलासा

January 20, 2017२३४३ पटक

बेलबारी । मोरङको बेलबारीस्थित नापी कार्यालयमा बिल रसिद नकाटी जग्गाको ट्रेस तथा फायल नक्सा निकालिने गरेको पाइएको छ ।
शुक्रबार नापी कार्यालय पुग्दा कर्मचारीले सेवाग्राहीबाट लिएको पैसाको रसिद नकाटी फायल नक्सा निकालिदिने गरेको भेटिएपछि सो रहस्य खुलेको हो ।
रिपोर्टिङको शिलशिलामा कार्यालय पुगेको सन्चारकर्मीको एक टोलीले कार्यालयभित्र रसिद नकाटी फायल नक्सा निकाल्ने गरेको प्रमाण फेला पारेको थियो । त्यसपछि कार्यालय प्रमुख शियाराम यादबको कार्यकक्षमा पुग्दा उनी बिहिबार मात्र अबकाश पाएर घर गएको जानकारी दिइएको थियो ।
त्यसलगत्तै निमित्त कार्यालय प्रमुख नेत्र कार्कीलाई रसिद बिना नै फायल नक्सा र ट्रेसिङ निकाल्ने गरेको जानकारी गराइएको थियो । शुरुमा उनले पनि रसिद नकाटी कुनै काम नभएको र त्यस्तो भेटिए कारबाही गर्ने बताएका थिए तर सन्चारकर्मीले केहि कर्मचारीले निकालेको फायल नक्साको बील खोज्दा नकाटेको पाइएपछि भर्खरै निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले सबै कर्मचारीलाइ रसिद नकाटीएको कुनै पनि काम नगर्न निर्देशन दिएका थिए ।
कार्कीको निर्देशनपछि रसिद नकाटी फायल नक्सा तथा ट्रेसिङ निकाल्ने काम रोकिएको छ । – अम्बिका भण्डारी

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad