Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरसरकारी कार्यालयमै दलालहरुको बिगबिगी

सरकारी कार्यालयमै दलालहरुको बिगबिगी

January 20, 2017८८६ पटक

बिराटनगर  । जिल्ला प्रशासन कार्यालय मोरङमा पछिल्लो समय आफूले काम गरिदिने भन्दै पैसा लिएर सेवाग्राही ठग्ने दलालको विगविगी बढेको छ ।

जिल्लाका सबै सरकारी कार्यालयको काम कारवाहीको अनुगमन गर्ने र कमजोरी भेटेमा कारवाही गर्ने सम्मको अधिकार पाएको नियमनकारी निकाय प्रशासन कार्यालय भने यस विषयमा मौन छ ।  सेवा लिन जाने सेवाग्राहीले सुरुमै दलालबाट सास्ती बेहोर्नु पर्छ । सेवा लिन पुग्ने सेवाग्राहीलाई कार्यालयको गेट बाहिरै रोकेर दलालहरुले आफ्नो कब्जामा लिएर ठगिरहेका हुन्छन् । प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन तथा प्रतिलिपी लिन र शान्ति सुरक्षाको माग गर्दै पुग्ने सेवाग्राहीलाई फकाईफुल्याई गरेर आफ्नो जालमा पारेपछि काम गरिदिएको बहानामा दलालले रकम लिने गरेको गुनासो बढेको छ ।

विराटनगरका राजु श्रेष्ठले नागरिकता, राहदानी बनाइदिएको, प्रतिलिपी निकालिदिएको, निवेदन लेखिदिएको लगायतका बहानामा एक जना सेवाग्राहीसंग पाँच सय देखि एक हजार रुपैयाँ सम्म लिने गरेको बताउनु भयो ।  ‘बुझ्ने सेवाग्राही आफै कार्यालयमा पुगेर सेवा लिन्छन्,’ उहाँले भन्नु भयो, ‘नबुझ्ने दलालको चङ्गुलमा फसिहाल्छन् ।’ स्रोतका अनुसार प्रशासनकै कर्मचारीको मिलेमतोमा नागरिकता र राहदानी लिन अघि भर्नु पर्ने फारम कार्यालयको गेट बाहिर दलालहरुमार्फत किनबेच हुने गरेको छ ।

क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला प्रशासन कार्यालय संगसंगै भए पनि हुलाक कार्यालयमा १० रुपैयाँमा पाइने फारममा टाँस्नु पर्ने हुलाक टिकट दलालहरुले भने १५ रुपैयाँमा विक्री गरिरहेका हुन्छन् ।  प्रशासनका एक कर्मचारीका अनुसार दलालमार्फत आएका सेवाग्राहीको काम छिटो गरिदिने र दलालले लिएको पैसा बाँडफाँड गर्ने यहाँका कर्मचारीको पूरानै परिपाटी हो । मोरङ प्रशासनबाट दैनिक चार सय बढी सेवाग्राहीले सेवा लिने गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले दलाललाई कार्यालयमा भने प्रवेष निषेध गरिएको बताउनु भयो । उहाँले सेवाग्राहीलाई ठगिरहेको विषयमा अनुगमन गरेर त्यस्ता दलालहरुमाथि भने तत्काल कारवाही अघि बढाइने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad