‘झलक दिखला जा’ को फाइनलमा पुगिन् तेरिया, भोट हाल्ने होइन ?

उपाधिको हकदार छनौटका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला हुनेछ । प्रतियोगिताको बिजेता बनेमा भारू ३० लाख नगद तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछन् ।

तेरियाले भोटका लागि देश–विदेशमा रहेका नेपालीसँग अनुरोध गर्दै भनेकी छिन् ‘मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी ।’

कलर्स टेलिभिजनमा हरेक शनिबार राति सवा १० बजेपछि ‘झलक दिखला जा’ प्रसारण हुन्छ । आफूलाई मन परेका प्रतियोगीलाई भारतमा मोबाइल एस एम एस र विदेशबाट अनलाइनमार्फत भोटिङ गर्न सकिन्छ ।

डीआईडी लिटिल मास्टरमा भाग लिएर ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै सिजन ३ को उपाधि चुमेकी १४ वर्षीया तेरिया मुम्बईमै रहेर कक्षा ८ मा पढ्छिन् ।

भोट कसरी गर्ने ? हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *