Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरभेटिए द्वन्द्वकालमा लुटिएका दर्जन बढी हतियार

भेटिए द्वन्द्वकालमा लुटिएका दर्जन बढी हतियार

December 27, 2016१५२ पटक

गोविन्द देवकोटा, जुम्ला / सशस्त्र द्वन्द्वकालमा लुटिएका नेपाली सेनाका हतियार जुम्ला प्रहरीले गाउँमा फेला पारेको छ ।

चन्दननाथको मूर्ति चोरी घटनाको ‘सर्च अप्रेशन’का क्रममा गज्र्याङकोट क्षेत्रबाट एक दर्जनबढी अत्याधुनिक हतियार बरामद गरेको हो।

सर्च अप्रेशनका क्रममा विशेष सुराकीका अाधारमा गज्र्याङकोट-८, थामबाडोका विभिन्न ठाउँबाट १२ वटा हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी गुरुविष्णु काफ्लेले जानकारी दिए।

स्थानीय कमलराज थापा र वेदन थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुसँग हतियार रहेको खुल्न आएको डिएसपी काफ्लेले जानकारी दिए । प्रहरीले विशेष सूचनाका आधारमा नेपालगञ्जबाट कमलराज थापा र वेदन थापालाई काठमाडौंबाट नियन्त्रणमा लिएर हतियारबारे सोधपुछ गरेको थियो।

सोधपुछका आधारमा गज्र्याङकोटका जंगल, खेतका काँन्ला र कतै ढुंगाले च्यापिएको अवस्थामा हतियार भेटिएको काफ्लेको भनाइ छ। प्रहरीले अर्ध स्वचालित एसएलआर दुई थान, एसएलआरको एक्ट्रा म्यागेजिन दुई थान, प्लास्टिकको डब्बामा राखिएका एसएलआरमा प्रयोग हुने गोली २५ थान, ३०३ राइफलमा लाग्ने गोली दुईथान, इन्डिएन आर्मस् लेखिएको १.६५ एमएन अटोमेटिक पेस्तोल दुई थान र गोली तीनथान, पाँचवटा गोली लाग्ने रिभल्वर दुईथान, कटुवा पेस्तोल दुई थान, केप र फ्युज डेटोनेटर सात थान र पेस्तोल सफा गर्ने रड एकथान बरामद गरेको छ।

डिएसपी काफ्लेका अनुसार बरामद भएका हतियारमध्ये एसएलआर दुई थान द्वन्द्व कालमा नेपाली सेनाबाट लुटिएका हतियार हुन् । द्वन्द्वकालका हतियार अझै गाउँमा रहेको भन्दै उनले हतियार सर्च अभियान जारी राख्ने बताए ।

गाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोह सक्रिय भएसँगै प्रहरीले गिरोहको खोजीका लागि हतियार सर्च अप्रेशन समेत जारी राखेको छ। यसअघि पनि प्रहरीले हातहतियार देखाएर लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पक्राउ परेका दुईजना दाजुभाई रहेको र उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।

हतियार सार्बजनिक गर्ने कार्यक्रमा मूर्ति अनुसन्धानको कार्य सम्हालेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबीका) का डिएसपी अरुण पौडेलले मूर्ति चोरलाई खोजी गर्ने कार्य जारी रहेको बताए ।

काठमाडौं, नेपालगञ्जमा समेत शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य चलिरहेको र अन्य केही व्यक्तिलाई निरन्तर निगरानीमा राखेको समेत बताए । – अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad