Samyentra Dot Com

गृहपृष्ठ » समाचार, समाज, हाइलाइटचर्पी नै नबनाइ खुला दिशा मुक्त क्षेत्र घोषणाको तयारी

चर्पी नै नबनाइ खुला दिशा मुक्त क्षेत्र घोषणाको तयारी

December 25, 2016४१५ पटक

सत्येन्द्र प्रताप सिंह, रौतहट ।
रौतहटको बन्जरहा गाबिसलाइ यहि  पुष १० गते देखि खुल्ला दिशा मुक्त गा.वि.स घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ   ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गौर रौतहट , आर.डि.सी र अक्सफाम नेपालको संयुक्त समन्वयमा बन्जरहा गाबिसलाई खुल्ला दिशा मुक्त घोषणा गर्ने तयारी गरिएको हो ।
तर सोही गा.वि.स.मा रहेका दलित बस्तीमा बसोवास गर्दै आएका स्थानिय वडा नं ८ का जगदिश राम ,विरी राम ,चलितर राम , रामप्रवेश राम, वडा नं ३ का रामचन्द्र महतो, रामाकान्त महतो , वडा नं ५ का खोभारी साह कानु , प्रसाद राय यादव र वडा नं ४ का राजकुमार सहनी लगायत दर्जर्नौ स्थानियहरुको घरमा अहिलेसम्म चर्पी निर्माण भएको छैन ।
सरसफाई मापदण्ड पुरा नगरी हतार हतारमा खुल्ला दिशामुक्त गा.वि.स घोषणा गर्ने तयारी गरेपनि स्थानिय निकाय भने मौन भई बसेको छ  ।

अनुगमनकर्ताहरुले धनीको र पक्की घरमा  घरमा मात्र अनुगमन गरी दलित तथा गरिब , विपन्न परिवारलाई बेवास्ता गरेर खुला दिशामुक्त क्षेत्र घोषणा गर्न लागेको टिप्पणी समेत हुन थालेको छ ।
दलित वस्तिका विपन्न घरमुलीलाइ जग्गा र पैसा  अभावले गर्दा सार्वजनिक शौचालयको व्यवस्था गर्न नसकेको अबस्थामा खुल्ला दिशा मुक्त घोषणा हुन गई रहेकोमा स्थानिय दलित र विपन्नले गुनासो गरेका छन ।

घरमा शौचालय हुदा पनि  टाठाबाठाले गाबिसबाट अनुदान स्वरुप पाउने रिंग र पैन लिई दुरुपयोग गरेर गरिब , दलित , विपन्नलाई  अन्याय गरिएपनि सरोकारवाला निकाय भने मौन बसेका छन । (पुस ९)

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad