तेह्रथु छथरका ऐतिहासिक स्थलहरु समेटेर पुस्तक प्रकाशन गरीने

प्रकाश पाक्साँवा, तेह्रथुम / तेह्रथम र धनकुटा जिल्लाको छथर क्षेत्रमा रहेको ऐतिहासिक स्थलहरुको ऐतिहासिकता खोज गर्ने उदेश्यका साथ ‘छथर क्षेत्रको ऐतिहाँसिक स्थलहरुको परिचय’ नामक पुस्तक प्रकाशन गरीने भएको छ ।

छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु गडी मन्दिर पोखरी गुफाहरुको साथै ऐतिहाँसिकता जोडिएका प्राकृतिक सम्पदाहरुको खोज अनुसन्धान गरी पुस्तक प्रकाशन गरीएने भएको तक्मीनाक्ला संरक्षण समितीका अध्यक्ष महेन्द्र मादेनले बताउनु भयो । पर्याटकिय संम्भाबना बोकेर पनि ओझेमा पर्दै आएका स्थलहरुको प्रचार प्रसार सँगै पर्याटन बिकासका लागी छथर क्षेत्रका ऐतिहासिक स्थलहरुको खोज अनुसन्धान आबश्यक रहेकोले तक्मीनाक्ला संरक्षण समितीको अगुवाईमा पुस्तक प्रकाशन गरीने भएको अध्यक्ष मादेनले बताउनु भयो ।

पुस्तक प्रकाशनका लागी छथर क्षेत्रमा रहेका ईतिहाँस बिदका साथै मुन्धुम बिदहरु सँग सल्लाह परामर्श गरी पुस्तक ३ महिना भित्रमा लेखहरु त्यार पारी प्रकाशन गरीने लक्ष्य रहेको समितीका सचिब कमान सिं आंखेवाले बताउनु भयो । छथर क्षेत्रको पहिलो ऐतिहासिक दस्ताबेजको रुपमा पुस्तक बनाउने उदेश्य रहेको समितीले जनाएको छ । पुस्तकमा ऐतिहासिक स्थलहरुको परिचय अध्यायन अनुसन्धान गरी प्रकाशन गरीने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *