पुर्वराजाको बगानमा महिला मजदुरको मृत्यु

लोकनाथ रिजाल, दमक : झापाको दमक–१५ स्थित पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालयन महालक्ष्मी चियावगानमा कार्यरत एक चिया मजदुरको मृत्यु भएको छ ।

शुक्रबार बिहान चिया टिप्दै गर्दा एक्कासी बेहोस भएपछि उपचारका लागि लैजादै गर्दा दमक–१५ कि ४३ बर्षिया राजकुमारी सुनुवारको मृत्यु भएको हो । दमक स्थित निम्स नेशनल अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो । मृतक सुनुवारको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा पोष्टमार्ट गरिएको छ ।
यसैबिच आवश्यक क्षतीपुर्ती दिन चिया बगान प्रशासनले आनाकानी गरेको भन्दै मजदुरहरुले चिया उद्योग हाता भित्रै शव राखेर प्रर्दशन गरेका छन् । क्षतीपुर्ति नपाए सम्म शव नउठाउने उनीहरु बताए । चिया बगानमा काम गर्ने मजदुरहरुले आन्दोलन संघर्ष समितिनै निर्माण गरेर चिया उद्योगमा शव राखेर धर्ना दिएका छन् । आफुहरुको माग लाई बगान प्रशासनले बेवास्ता गरे उद्योग नै बन्द गर्ने समितिका संयोजक नरेन्द्र सुनुवारले बताए ।

उनले भने– “ ६ लाख रुपैयाँ क्षतीपुर्ति माग गरेका छौँ, हाम्रो माग अनुसार राहत नदिए सबै मजदुर काममा आउदैनौँ , उद्योगमा ताला लगाउछौ।” बगानका निमित्त ब्यवस्थापक खगेन्द्र श्रेष्ठले भने यस विषयमा आफुले माथिल्लो निकायमा कुरा गरिरहेको बताउदै श्रम ऐनमा उल्लेख भए बमोजिमको राहत उपलब्ध हुने बताए । सुनुवारको रोगका कारणले मृत्यु भएको हुँदा धेरै राहातको अपेक्षा नगर्न समेत उनले आन्दोनरत मजदुर संग आग्रह गरे । पिडित पक्षले भने ६ लाख रुपैया पाउनु पर्ने माग गरेका छन् । दुई बर्ष अघि सोही बगानमा कार्यरत ३० वर्षिय मदन भनिने गनु तिर्की उराउको रुखले किचेर मृत्यु हुदा राहत स्वरुप ६ लाख रुपैया बगान प्रशासनले दिएको थियो । दरबार परिसर सरसफाई गर्ने क्रममा रुखले किच्दा घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *