Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुक, हाइलाइटयुएईमा चार बर्षभित्र २ सय ६१ नेपालीको मृत्यु

युएईमा चार बर्षभित्र २ सय ६१ नेपालीको मृत्यु

December 23, 2016६४७ पटक

लालबहादुर ढेंगा, दुबई, युएई / खाडी मुलुकहरुमध्ये वैदेशिक रोजगारीका लागि एउटा राम्रो गन्तव्यको थलो बन्दै  गएको युएईमा  एक बर्षको अवधिमा  ६४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् ।

नेपाली दूतावास अबुधावीका द्धितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले दिनु भएको जानकारी अनुसार १ जनवरी २०१६ देखि  २३ डिसेम्बर २०१६ अर्थात्  एक बर्षको अवधिमा यस्तै मिठो सपना र चाहना बोकेर रोजगारीको सिलसिलामा युएई छिरेका ६४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् । त्यसमध्ये पुरुष ५९ जना छन्  भने महिला ५ जना रहेका छन् ।

खासगरी मृत्यु हुने कारणमा प्राकतिक, सडक दुर्घटना र आत्महत्या देखिएको छ । बिगतको तथ्यांक हेर्दा सन् २०१३ मा ७० जना, २०१४ मा ६३ जना र २०१५ मा ६४ जनाको मृत्यु भएको तथ्यांक  छ ।

ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा दिइने युएईमा केहि बर्ष यता भिजिट भिसामा आई काममा लाग्नेहरुको संख्या बढ्दो  छ । युएइमा सरकारी विभागदेखि लिएर हर क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् ।
त्यसो त युएईमा नेपाली व्यवसायीहरु पनि बढ्दै गएका छ्न  । व्यवसायमा कपडा पसल, किराना पसल, सुन चांदी पसल, सुपर मार्केट, ट्राभल्स एण्ड टुरिजम, टेलर्स, इलेट्रानिक पसल, लाण्ड्री, क्लिनिङ एण्ड मेन्टनेस, व्यूटीपार्लर र रेष्टुरेण्ट हुन् । अन्य व्यवसायभन्दा रेष्टुरेण्ट व्यवसाय मौलाउदै गएका छन् ।

युएईस्थित नेपालीहरुको जनसंख्या ३ लाखभन्दा बढी रहेतको अनुमान गरिए पनि युएईस्थित दूतावासको तथ्याङ्क अनुसार २ लाख ४ हजार १ सय ६ नेपाली युएइमा छन्  ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad