डाईनामिक मोरङ कोरियाद्वारा उत्सवको उपचारका लागि सवा १ लाख सहयोग

गोपाल काफ्ले, पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं.८ जिरिखिम्ती निबासी १२ बर्षिय उत्सव धिमाललाई डाईनमीक मोरङ कमिटीको तर्फबाट नगद १ लाख २७ हजार र पथरी बाणिज्य संघले ११ हजार सहयोग गरेका छन् ।

डाईनामिक मोरंग कमिटीका संस्थाका कोषाध्यक्ष भुवन तिम्सिनाज्यू संयोजकत्वमा उत्सव धिमाल बचाउ अभियान सहयोग समिति निर्माण गरी दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण मोरङ बासीहरूसंग आर्थिक सहयोग संकलन गरिएको संयोजक तिम्सिनाले जनाउनु भयो ।

डाईनमीक मोरङले बालक उत्सवको घरमै गई बाबु छत्र धिमाल र संयोजक साजन धिमाललाई सहयोग रकम हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा पथरी बाणिज्य संघ अध्यक्ष धन कुमार तामाङ, बाणिज्य सचिव असोक राई, डाईनमीक मोरङ कमिटीका पुर्व उपाध्यक्ष प्रदिप पराजुली, पुर्व सह–सचिव डिल्ली दाहाल, सदस्य सुरेन तामाङ उपस्थीत हुनुहुन्थो ।

कलिलो उमेरमै प्राणघातक रोग ब्रेन्ड टूमर क्यानसरद्वारा ग्रसित धिमाललाई बचाउन सहयोग पुगोस भनि सहयोग गरेको पुर्व उपाध्यक्ष प्रदिप पराजुलीले बताउनु भयो । दक्षिण कोरियामा रहेका डाईनामिक मोरङ कमिटीले मोरङका बिभिन्न समस्यामा सहयोग गर्दै आएको पराजुलीले बताउनु भयो ।

रोगको सुरूवातमा काठमाडौको दिर्घायु अस्पतालमा उपचार गराउनु भएका उत्सव धिमाल हाल मुम्बइको टाटा अस्पतालमा उपचार भैरहेको छ । धिमालको परिवार बिपन्न तथा गरिवीका बावजुत ऋणपान गरि रू १८ लाख खर्च भइसकेको र थप उपचार गर्न कठिनाइ झेलिरहनु भएकोले सहयोगको अपिल गर्नु भएको थियो ।

डाईनामिक मोरङ कमिटीले क्यान्सर पिडित एलीसा धिमाल, सारिरिक अपाङगत भएका ढुङगाना परिवार, राजघाटमा दृष्टी बिहीनलाई कम्पुटर तथा टाडी, र गोठगाँउमा आथिक सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *