Samyentra Dot Com

गृहपृष्ठ » समाचारस्व.पत्रकार बोहराकी पत्नीको यो हरिविजोग

स्व.पत्रकार बोहराकी पत्नीको यो हरिविजोग

December 21, 2016२५९ पटक

रास्ट्रपतिले प्रेस काउन्सिल – सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार बितरण गरीनसक्दै दुवै मृगौला फेल भएकी स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममता झण्डै बेहोस भइन् ।
अस्पतालको स्टेचरमै राखेर बेडबाट सिधै रास्ट्रपति कार्यालय शितल निवास पुर्याइएकी उनलाइ ब्यथाले च्यापेपछी हतार हतार अस्पतालतिर कुदाइयो । तर त्यहाँ उनको उपचार कसरी भैरहेको छ र के के समस्या छन् भन्नेबारे न उद्घोषक बोले न दर्जनौंको संख्यामा उपस्थित पत्रकारले नै सोधखोज गर्न भ्याए ।
गत कार्तिक र मंसिरमा निधन भएका दुवै पत्रकारका पत्नीहरु मध्ये किड्नी पीडित ममताको अवस्था यती दयनिय थियो कि पुरस्कार लिन स्टेजसम्म जान सकिनन् । त्यसैले रास्ट्रपतिले स्टेजबाट ओर्लेर ममता बसेकै ठाउँमा आइ पुरस्कार दिनुपर्यो ।

दुवै मृगौला खराब भएकी ममताको बिवाह दर्ता भएपनि त्यसमा प्राबिधिक त्रुटि रहेछ । उनको माइती नेपाली मुलका नेपाली भएकोले उनको नागरिकता समेत छैन । हमेशा अस्पतालको आइसियुमा राख्नुपर्ने ममताको पत्रकार महासंघको पहलमा हाल नागरिकता बनाउने प्रक्रिया अगाडि बढाइएको छ । नागरिकता लगायत कानुन बमोजिम चाहिने कतिपय कागजात नहुदा किड्नी दिने दाता फेला पर्दा समेत उपचार पूरा गर्न नसकिएको भेनस अस्पतालका म्यानेजर ओम भण्डारीले बताए ।

प्रेस काउन्सिलद्वारा आयोजित एक समारोहबीच सोमबार रास्ट्रपति विद्यादेवी भन्डारीले कंचनपुरका स्व. कर्ण बोहराकी पत्नी ममता बोहरा र काभ्रेका स्व. सन्जय न्यौपाने पत्नी राधिका न्यौपानेलाई जनही २ लाख ५० हजार नगद पुरस्कार प्रमाणपत्र प्रदान गरिन् ।
समारोहमा सुचना तथा सन्चार मन्त्री राम कार्की, प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट , कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य लगायत दर्जनौं संचारकर्मीको उपस्थिति थियो ।
र ओम भण्डारीले बताए ।  – अम्बिका भण्डारी ( जनआस्थामा समेत प्रकाशित)

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad