स्व.पत्रकार बोहराकी पत्नी ममताको उपचारमा सुप समाजको सहयोग

 मान बहादुर के.सी. ‘मुस्कान’ यूएई / सुदुरपश्चिम सेवा समाज यूएईले स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
दुबै मृगौला खराब भई काठमाडौँको भेनस अस्पतालमा उपचार गराई रहेकी ममताको उपचारका लागि मद्दत होस्  भनेर समाजले ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम क्षेत्रीय समन्वय समितीका संयोजक प्रकाश विक्रम शाहको नाममा पठाईएको सुदूर पश्चिम सेवा समाज यूएईका अध्यक्ष चेत बहादुर थापा ‘चेतन’ले  जानकारी दिए ।
स्मरणीय रहोस् श्रीमती ममता बोहरालाई मध्य वानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराई रहेका बोहराको कुरुवा रहेको अवस्थामा मंसिर १० गते असामयिक  निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *