Samyentra Dot Com

गृहपृष्ठ » समाचार, हाइलाइटनगरपालिकाले ध्यान नदिंंदा घाटमा शव जलाउन समस्या

नगरपालिकाले ध्यान नदिंंदा घाटमा शव जलाउन समस्या

December 21, 2016३९० पटक

उर्लाबारी / उर्लाबारी नगरपालिकाले घाटलाई ब्यवस्थित गर्न ध्यान नदिएकै कारण बक्राहा घाटमा शव जलाउन समस्या हुन थालेको छ ।

नगरपालिकाको ध्यान नपुगेको उर्लाबारी  –१ स्थित बक्राहा घाटमा नदीको दुबैतर्फ शव जलाउने गरिएको छ । बक्राहा पश्चिमका बासिन्दाले पश्चिमतर्फ र पूर्वका बासिन्दाले पूर्वतर्फ दाहसंस्कार गर्ने गर्दछन् । तर, यहाँ शव जलाउने व्यवस्थित घाट छैन । 

बक्राहा नदीमा  दैनिक औसत २/३ वटा शव जलाउन ल्याइन्छ । तर, व्यवस्थित घाट नभएकोले शव जलाउन कठिन हुने गरेको मलामीहरु बताउँछन् ।

बक्राहा घाट ब्यवस्थापन समितिले बनाएको घाट बर्खाको भेलसँगै बगेपछि अचेल पानीको बहाव कम हुने स्थानमा शव जलाउने गरिएको छ । जथाभाबी रुपमा शव लगाउने गरिएको कारण दायाँबायाँका किनारामा लास जलाउन प्रयोग गरिने दाउँरा, खरानी, अँगार तथा हड्डीसमेत त्यतिकै हुने गरेको छ । जसले गर्दा किनार फोहोर र प्रदुसित भइ वातवारण र जनस्वास्थ्यमा असर पर्न गएको स्थानीय बासिन्दा बताउँछन् ।

त्यसको साथै मलामीले खाएको पानी तथा बिस्कुट लगायत खानेकुराका खोलहरु जथाभाबी रुपमा फ्ँयाक्ने गरिएको छ । जसले गर्दा घाट झन् अव्यवस्थित  देखिन्छ  ।

अझ वर्षायाममा बक्राहामा आउने बाढीले बगरक्षेत्र पुरै जलमग्न हुने गरेका कारण शव जलाउन कठिन हुने गरेको स्थानीय बताउँछन् । घाटसम्म जाने बाटो र शव जलाउन प्रयोग हुने चिताको निर्माणमा नगरपालिकाको ध्यान  पटक्कै नगएको जनगुनासो छ  ।

यसअघि घाट व्यवस्थित बनाउन समिति बनेपनि समिती  निष्क्रिय छ । यतिबेला वडा स्तरीय योजनाको छनौट कार्य भइरहेको भएपनि यस घाटका योजनामा कसैको चासो परेको छैन । घाटलाई ब्यवस्थित बनाउन उर्लाबारी नगरपालिकाले गम्भिर ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । – इश्वर भट्टराईबाट 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad