Samyentra Dot Com

गृहपृष्ठ » समाजमोसुको वार्षिकोत्सवमा रक्तदान, ६० पिन्ट रगत संकलन

मोसुको वार्षिकोत्सवमा रक्तदान, ६० पिन्ट रगत संकलन

December 21, 2016४१५ पटक

इटहरी /  मोरङसुनसरी सेवा समाज नेपालले संस्थाको पाँचौं वार्षिकोत्सवको अवसर पारेर औपचारिक कार्यक्रम सहित गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन्  ।

रक्तदान जीवनदान, जीवनदान महादानलाई आत्मसाथ गर्दै मोरङको केराबारीस्थित गाविसको प्राङ्गणमा भएको रक्तदानमा  ६० पिन्ट रगत संकलन भएको  हो । मोसु समाज लगायत केराबारीस्थित विभिन्न संघसंस्था तथा व्यवसायीहरुको आयोजना तथा सकृयता र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको थियो ।

झण्डै १ सय बढीको स्वास्थ्य परिक्षण गर्दा साठी जना मात्र रक्तदानको लागि योग्य भएको र धेरैले प्रेसरको समस्याका कारण रक्तदान गर्न नपाएको आयोजकले जनाएको छ  ।

पाँचौं वार्षिकोत्सवको प्रतिकका रुपमा पाँच जना रक्तदाताबाट उद्घाटन गरिएको रक्तदान कार्यक्रममा मोरङसुनसरी सेवा समाज केन्द्रदेखि प्रवास शाखाका वर्तमान तथा पूर्व पदाधिकारी, सल्लाहकार, आजिवन सदस्य तथा सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

संस्थाका महासचिव खगेन्द्र कार्कीले सञ्चालन गरेको सो कार्यक्रम मोरङसुनसरी सेवा समाज नेपालका अध्यक्ष बद्रीप्रसाद बिमलीको सभापतित्व र  केराबारी गाविस प्रमुख शान्तिराम दाहालको प्रमुख आतिथ्यतामा भएको थियो  ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीले समाजमा आबद्द व्यक्तिहरुको आपतकालीन अवस्था आइपरेमा जीवन रक्षाका लागि रक्तदान आयोजना गरेको बताए ।

स्मरण रहोस् प्रत्येक वर्ष वर्षिकोत्सवको अवसरमा मोरङसुनसरी सेवा समाजले रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad