बिज्ञान संकायतर्फ नेपालकै टप भयो पंचायत उमावि

गोपाल काफ्ले, पथरी/ २०७२ सालको कक्षा ११ को परिक्षामा मोरङ पथरीशनिश्चरेको पंञ्चायत मा.बि.ले सामुदायिक बिध्यालयको बिज्ञान संकाय तर्फ नेपालकै उत्कृष्ट स्थान हासिल गरेको छ ।

बिज्ञान संकायमा ९१ जना बिध्याथी मध्ये १६ जना विशिष्ट श्रेणी, ५७ जना प्रथम श्रेणी,११ जना द्वितीय श्रेणी ल्याएको बिज्ञान संकायका ईन्चार्ज बुदिनाथ अधिकारीले बताउनु भयो । उत्कृष्ट अंक ल्याउनेमा सामुदायीक स्कुल जनता माध्यमीक बिध्यालयबाट एस एल सी उतिर्ण गरेका प्रकाश भट्टराईले ४ सय ४ (८०.८% ) अंक ल्याए भने टिका कार्कीले ४ सय ३ (८०.६ %) र रुपेश कोईरालाले ४ सय २ (८०.४%) अंक ल्याएका छन । उक्त नतिजा सामुदायिक बिध्यालय तर्फकै उत्कृष्ट नतिजा भएको  शिक्षक बुदिराम अिधकारीले बताउनु भयो।

पंचायत माबिमा अधिकांंश पुर्बका ग्रामिण सामुदायिक बिध्यालयका बिध्याथीहरु अध्ययन गर्ने गरेका छन । यहाँ मोरङ, झापा, ईलाम, ताप्लेजुङ, सुनसरी, पाँचथर, तेह्रथुम, सिराह, सप्तरीका बिध्याथीहरु अध्यनरत छन । बार्षिक ३० हजारमा बिज्ञान संकायमा उत्कृष्ट अंक ल्याउन पाउँदा बिध्याथीहरु पनि दंग छन ।

स्थापनाकाल देखिनै बिज्ञान संकायमा राम्रो नतिजा हासिल गर्दै आएको बिद्यालयमा गत बर्षको रिजल्टमा प्रदेश नम्बर १ बाट उत्कृष्ट अंक ल्याउने किरण कार्की शिक्षा मन्त्रालयबाट सम्मानित भइसकेका छन ।

बिज्ञान संकायमा ८ औ ब्याज सम्म आईपुग्दा पंचायतको सफलतामा यहाका शिक्षक शिक्षिकाको मेहेनत रहेको बिध्यालय ब्यवश्थापन समितीका अध्यक्ष आईता कुमारी तुम्बापोले बताउनु भयो ।

अगाडिको नतिजा र बिध्याथीको चापले गर्दा हाल कक्षा ११,१२ मा ३ वटा सेक्सन चल्दै आएको छ । उक्त स्कुलमा शिक्षा, मानबिकी, ब्यवस्थापन र बिज्ञान संकायमा अध्यापन भइरहेको छ । सिमित शिक्षक शिक्षिका भएकोले सरकारले शिक्षक दरबन्दी बढाईदिएमा निजी शैक्षिक सस्था भन्दा अगाडि आउने ईन्चार्ज अधिकारी बताउनु हुन्छ ।

यस क्षेत्रमा हाल सामुदायीक तर्फ पंञ्चायत मा. बि., जनता मा. बि., सिहं बाहीनी मा. बि., भागीरथ मा.बि., बुद्ध मा. बि. र निजि तर्फ एभरेष्ट मा.बि. बाल्मिकी मा.बि., अन्नपुर्ण मा.बि., रेड स्टार मा.बि, छन । त्यसमा २ वटा बिज्ञान संकाय र ९ वटामा ब्यवस्थापन,मानबिकी र शिक्षा संकायका शैक्षिक संस्था चल्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *