४ बर्षेे बालकलाइ मृगौलाको समस्या, सहयोगको अपील

युवराज ठकुरी/सिंहदेवी,मोरङ / मोरङ सिंहदेवी -२चिसापानीका मन्जिल लिम्बूका चार वर्षीय छोरा पुष्पन लिम्बूको देब्रे मृगौलामा समस्या देखिएको छ  । अस्पतालमा भर्ना भएपनि परिवारले उपचार खर्च जुटाउन नसक्दा लिम्बुको परिवात आर्थिक समस्यामा छन्  । त्यसैले उनीहरूले वालकको उपचारका लागि अपील गरेका छन् ।
सानैदेखि  स्वास्थ्यमा समस्या देखिदै आएको भएपनि अध्ययनको शुरूवात गराउन नपाउदै स्वास्थ्यमा अझ गम्भीर स्थिति देखा पर्न थाल्यो । विराटनगरका विभिन्न अस्पताल चाहर्दा पनि पत्ता नलागेपछि धरानस्थित घोपा क्याम्पमा उपचार गराउन लगियो तर देब्रे मृगौलाले ११ प्रतिशत मात्रै काम गरेको डाक्टरले बताएपछि काठमाडौ टिचिङ अस्पतालमा पुर्याइयो । अप्रेसन गर्दा किड्नी बचाउन सकिन्छ कि भन्ने डाक्टरको सल्लाह अनुसार पहिलो अप्रेसन सकिएको विरामीका बुबा मन्जिल लिम्बूले बताए। अप्रेसनपछि मृगौलामा सुधार आए मात्र देब्रे मृगौला बचाउन सकिने,सुधार नआए मृगौला फाल्नु पर्ने कुराले चिन्तित बनेका बुबा मन्जिल उपचारका क्रममा ४/५ लाख सकिएको र अझै निकै रकमको आवस्यकता भएकाले सम्पुर्ण मानवीय सहयोगमा लाग्नुहुने सहयोगी मनहरुलाई आर्थिक सहयोग गर्न अपील गरेको बताउछन् ।

सामान्य बिराम मात्रै भएको भए आर्थिक सहायता अपील नगर्ने मनस्थिति बनाएका मन्जिल डाक्टर मार्फत छोराको देब्रे मृगौलाले काम नगरेको थाहा पाएपछि आफ्नो आर्थिक अबस्थाले उपचार गराउन असमर्थ भएकोले सहयोगको अनुरोध गरेको बताउछन्। चार वर्षीय बालक पुष्पन लिम्बूको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुका लागि पुष्पनका ठुलोबुबा यमन मुसङको नाममा रहेको विराटलक्ष्मी बैंक खाता नम्बर ०१००११०००४२८५७०००००१ मा अथवा ९८०४३८१७४२  वा सन्चारकर्मी युवराज ठकुरीलाई – ९८१४३७७४७७ मा सम्पर्क गरी बालकको उपचार खर्च जुटाउन सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *