Samyentra Dot Com

गृहपृष्ठ » समाचारराष्ट्रपतिद्वारा प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार वितरण

राष्ट्रपतिद्वारा प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार वितरण

December 20, 2016२५१ पटक

  1. काठमाडौ / एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्ताक्षरण गर्नुभएको छ ।

मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।
प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिको निर्णयबमोजिम पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका पत्रकारहरुलाइ सो पुरस्कार दिइएको हो ।  न्यौपानेको गत कार्तिक २० गते र बोहराको मंसिर १० गते निधन भएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्नो ब्यवसायिक निष्ठा, प्रतिवद्धता, कर्तव्यप्रतिको सजगताको सम्मान गर्दै दिवंगत पत्रकारहरुलाई पुरस्कृत गरेकोमा प्रेस काउन्सिल तथा सानिमा बैंकप्रति धन्यवाद प्रकट गर्नुभयो ।  शोकसन्तब्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपाली मिडियाले विकृति, विसंगति र सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्रको पुनःस्थापनाका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै कठोर जीवनका साथ पत्रकारितामा जीवन्त लागेका न्यौपाने र बोहरालाई युवावस्थामै गुमाउनु पर्दा संचार क्षेत्रले ठूलो क्षती ब्यहोर्नु परेको बताउनु भयो ।  वहाँले दुवैको  योगदानको उच्च मूल्याँकन गरेकोमा काउन्सिलप्रति आभार प्रकट गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले यसैबर्ष दुई होनाहार पत्रकार गुमाउनुपर्दा पत्रकारिता क्षेत्रमा हुन गएको अपुरणीय क्षतिप्रति प्रेस काउन्सिल नेपाल मर्माहत भएको बताउदै उहाँहरुको उच्च सम्मानस्वरुप मरणोपरान्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । असल पत्रकारितालाइ प्रोत्साहन गर्न पत्रकारहरुलाई निरन्तर पुरस्कृत गर्दै आएको धारणा राख्नुहुँदै अध्यक्ष कार्कीले आर्थिक सहयोग र पहलका लागि सानिमा बैंकलाई धन्यबाद दिनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिलनसार, कर्तव्यनिष्ट पत्रकार गुमाउनुपर्दा प्रेस जगतले अपूरणिय क्षति बेहोरेको बताउनुभयो । वहाँले यस प्रकारको पुरस्कारले नेपाली मिडियालाई प्रोत्साहन हुने धारणा व्यक्त गर्नुभयो ।  – महेन्द्रराज सिंहबाट 

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad