Samyentra Dot Com

गृहपृष्ठ » सम्बाद‘ग्राहकलाई अन्तरास्ट्रिय स्तरका सामान बिक्री गर्छौं ’

‘ग्राहकलाई अन्तरास्ट्रिय स्तरका सामान बिक्री गर्छौं ’

December 19, 2016१००२ पटक

वि.सं. २०६५ सालमा उर्लाबारीमा स्थापना भएको सृष्टिका फर्निचर उद्योगको उर्लाबारीमा तीनवटा शाखा छ । उर्लाबारीस्थित होटल होलिडे रहेको आफ्नै घरमा मुख्य शोरुम र उर्लाबारी ६ स्थित मंगलबारे  र उर्लाबारी–४ बरगाछीमा समेत शाखा रहेको यस उद्योगले हाल १२ जना कामदारलाई रोजगारी दिएको छ ।
उर्लाबारीमा गुणस्तरीय तथा ग्यारेन्टीवाला फर्निचरका सामान बिक्री गरिरहेको उद्योगका प्रबन्ध निर्देशक युवराज मिश्र बताउनुहुन्छ । प्रस्तुत छ, फर्निचर ब्यबशायी तथा उद्योगका निर्देशक मिश्रसँग गरिएको संवाद : 
तपाईंको फर्निचर उद्योगका खास बिशेषता चाहिँ के छन्  ?
हामीले आधुनिक मोडलका दराज, पलङ, टेबलका साथै अन्तर्राष्ट्रिय स्तरका भिआइपी सोफा बनाउँछौं । शुरुमा हामी बजारमा ग्राहकको डिमाण्ड, रूचि कस्ता किसिमका फर्निचरमा छ भन्ने अध्ययन गर्छाै । सोहीअनुसार हामी आधुनिक डिजाइनका फर्निचरहरू बनाउँछौं । हाम्रोमा फर्निचर बनाउँदा प्रयोग हुने कच्चा पदार्थमा पनि कुनै कन्जुस्याइ हुँदैन । त्यसैले सम्भवतः उर्लाबारीमा आधुनिक डिजाइनका फर्निचर बनाउनेमा हामी नै पर्छौ ।
सृष्टिका कै फर्निचर किन खरिद गर्ने ?
पहिलो कुरा हाम्रा फर्निचरमा ‘सिजिनिङ’ गरेको काठको मात्र प्रयोग हुन्छ । साथै हामीले दक्ष कामदारद्वारा फर्निचर बनाई उपयुक्त मूल्यमा बिक्री गरिरहेका छौं । हामी अर्डरअनुसारका सामग्री ग्राहककै निगरानीमा बनाउँछौं । यहाँ प्रयोग हुने कच्चा पदार्थका बारेमा शोरूममा पनि आएर
बुझ्न सकिन्छ ।
उच्च, मध्यम र गरीब वर्गकालाई ध्यानमा राखी हामीले फर्निचरको उत्पादन र बिक्री गरिरहेका छौं । ग्राहकको स्थान तथा खरिद गरिएको सामग्रीलाई मूल्यांकन गरेर हामीले होम डेलीभरी तथा फिटिङको सुविधा दिँदै आएका छौं ।
तपाईहरू के कुरामा बढी ध्यान दिनुहुन्छ ?
सर्वप्रथम व्यवसायीको सबैभन्दा ठूलो धर्म भनेकै ग्राहकलाई सन्तुष्ट पार्नु हो । त्यसमाथि पनि हामी मुख्य दुईओटा कुरामा केन्द्रित छौं ।
पहिलो, फर्निचर बनाउनुअघि ग्राहककै डिजाइन अनुसार शोरूममै आएर प्रयोग हुने कच्चा पदार्थका बारेमा अवगत गराउँछौं । दोस्रो, यहाँबाट बिक्री भएका फर्निचरको वारेण्टी दिन्छौं । उर्लाबारीमा यसरी ग्यारेन्टीका साथ फर्निचर सामान बिक्री गर्ने हामी मात्रै हौं ।
तपाईंहरुले उत्पादन गर्ने फर्निचरको विशेषता चाहि के हो ?
हाम्रो स्तर र विशेषताबारे हामीले भन्दा पनि ग्राहकहरूले मूल्यांकन गर्ने कुरा हो । हामी ग्राहकहरूले दिने सल्लाह र सुझाव अनुसार काम गर्दै आएका छौं । हामी आधुनिक डिजाइनका फर्निचरहरू उत्पादन गरिरहेका छौं । हाम्रोमा ग्राहकको रोजाइ अनुसार लोकल तथा ब्रान्डेण्ड सामान सुपथ मूल्यमा पाइन्छ ।फर्निचरको बजार कहाँसम्म बिस्तार गर्नुभएको छ ?
हामीले अहिले पूर्वी नेपाललाई नै फोकस गरिरहेका छौं । उसैपनि हाम्रोमा भीआइपी सोफाको डिमाण्ड धेरै ठाउँबाट आइरहेको छ । अन्य सामग्रीको डिमाण्ड पनि उत्तिकै छ । हामीले उत्पादन गरेका सामग्रीहरू पूर्वी मोरङका साथै धरान, विर्तामोड, दमक, इटहरीलगायतमा बिक्री हुने गरेको छ ।फर्निचर व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?
यो व्यवसायमा उच्च प्रतिस्पर्धा छ । बजारमा गुणस्तरीय फर्निचर दिन नसके पनि मूल्यमा भने धेरै नै प्रतिस्पर्धा छ । हामीले आफैं पनि ग्राहकको निगरानीमा ग्यारेण्टीका साथ फर्निचर उत्पादन गर्ने भएकाले गुणस्तरमा कुनै किसिमको कमीकमजोरी हुन दिँदैनौं । हाम्रो र अन्य उद्योगबाट उत्पादन हुने सामानको गुणस्तरमा धेरै नै भिन्नता पाइन्छ । तर, पनि सबैका आ–आफ्नै उपभोक्ता हुने भएकाले प्रतिस्पर्धा भने सधैं रहन्छ ।

फर्निचर व्यवसायमा विद्यमान समस्या के–के छन्  ?
अन्य व्यवसायमा जस्तै फर्निचर ब्यबशायमा पनि समस्याहरू छन् । कम गुणस्तरीय फर्निचर बिक्री गर्नेहरूका कारण गुणस्तरीय फर्निचर बिक्री गर्नेहरूलाई समस्या भएको छ । ग्राहकमा चेतनाको कमीले पनि यस्तो अवस्था आएको हो ।
फर्निचरमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले हामीजस्ता व्यवसायीलाई सामस्या पारेको छ ।

फर्निचरको छनोट तथा खरीद गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
उपभोक्ताले फर्निचरको छनोट गर्दा गुणस्तर र मूल्यका साथै उत्पादन गर्ने फर्निचर उद्योगबारे बुझेर मात्र खरीद गर्नुपर्छ । फर्निचर खरिद गर्नुअघि त्यहाँबाट कस्तो किसिमको फर्निचर उत्पादन हुन्छ भन्ने बुझेर मात्र खरीद गर्नु राम्रो हुन्छ ।

फर्निचर खरीद गर्दा यसमा प्रयोग हुने कच्चा पदार्थ, जस्तै, काठ, बोर्ड, प्लाई, टिक, पोलिसका सामग्रीका साथै ‘फिनिसिङ’ को गुणस्तरमा सचेत हुनुपर्छ । हाम्रै कुरा गर्दा हामी आफ्नो ब्राण्ड र प्रतिष्ठाका लागि राम्रो र गुणस्तरीय फर्निचर बिक्री गर्ने गछौं । आफन्तको सल्लाहमा पनि राम्रा ब्राण्ड र उद्योगको छनोट गर्न सकिन्छ ।
                               प्रस्तुति : इश्वर भट्टराइ

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad