लडेर घाइते भएका वालकलाइ धनकुटेली समाजको सहयोग

 कुमार सुवेदी, युएई /  घरको छतबाट लडेर घाइते भएका मकवानपुरका वालक अमोस तामाङलाई प्रवासी धनकुटा समाजले सहयोग गरेको छ ।
तामाङको उपचारका लागि प्रवासी धनकुटा समाज युएईले ३८ हजार २ सय रुपैयाँ सहयोग गरेको हो ।
 गत नोभेम्बर २९ तारेखका दिन २ बर्षे बालक ओमस तामागं घरको छतबाट लडेर घाइते भएका थिए ।  टाउकोमा गम्भिर चोट लागेको कारण अप्रेसन गर्न डाक्टरले ४ देखी ५ लाख लाग्ने बताए पछि आर्थिक स्थिती कमजोर भएको तामाङको उपचारमा समस्या परेको थियो ।
मकवानपुर राहेकी धनकुटेली शिक्षिका एवं समाजसेवी सिस्ट्रीका भुजेलले सो घटनापछि मकवानपुरबाट ओमस तामागं उपचार सहयोग अभियानको लागि अपिल गरेकी थिइन् ।  सहयोगको अपिलपछि प्रवासी धनकुटा समाज युएईले सहयोग स्वरूप रकम संकलन गरी सहयोग गरेको कुरा समाजको अध्यक्ष प्रविन पोख्रेलले बताए ।
समाजले राजन घिमिरेको संयोजकत्व तथा प्रिया घिसीगं र कुमार सुबेदी सदस्य रहेको एक आर्थिक संकलन समिती बनाई समाज भित्रका सद्स्यहरूबाट रकम संकलन गरी सिस्ट्रीका भुजेल मार्फत  ३८,२०० रूपैंया रकम सो बालकको परिवारलाई प्रदान गरेको समाजले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *