हङकङबाट गायनमा स्थापित हुँदै मनिका

सुर्य चन्द, काठमाडौँ / हङकङलाइ कर्मथलो बनाएर नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्दै गरेकी नब गायिका मनिका पाण्डे लिम्बु, संगीत  साधना र गायनबाट साङ्गीतिक क्षेत्रमा स्थापित हुँदैछिन्  ।

भारतको दार्जिलिंगमा जन्मेर सानैदेखि गायनमा सोख राख्दै आएकी गायिका मनिकाले बिदेशी भुमी हङकङलाइ कर्मभुमी बनाएर आफ्नो गायन यात्रा सुरु गरेकी छिन् ।  बच्चा उमेर देखिनै गित गाउन लाइ खुब रुचि राख्ने उनी स्वर्गीय नेत्र बहादुर पाण्डे र स्व. आमा नैना कुमारी पाण्डेको कोखबाट दार्जिलिंगको जावाहार बस्तीमा जन्मिएकी थिइन् ।

उनी हङकङमा बसेर आफ्नो दैनिक कामसँगै गीत संगीतको क्षेत्रमा पनि निरन्तर अगाडी बढ्दैछिन l
साथीभाई हरु र गीतकार तथा गायक पीएस लिम्बुको प्रेणणाबाट सांगीतिक यात्रा सुरु गरेकी  मनिकाले बिद्यालय पढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै गायन यात्रा सुरु गरेकी थिईन l उनी  साथीभाई आफन्तहरुको हौसला र साथ सहयोग बाट गित संगीतमा आफ्नो भबिष्य खोज्दै फेरि साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन्  l

गीतकार तथा गायक पीएस लिम्बुको चर्चित एलबम ईच्छा-२ मा “तिमि खुसी छौ त के भो र” भन्ने गीतबाट चर्चा कमाएकी गायिका मनिकाको अब केहि समयपछि नै गीतकार तथा गायक पीएस लिम्बुको नै लेखनमा रहेको “आज कता कता तिम्रो यादहरूले सताई रहेछ” नामक गीत नेपाली सांगीतिक बजारमा आउन लागेको छ  l
मिठो अनि जादुमय आवाजकी धनी मनिकाको भविष्यको लक्ष्य भनेको एक राम्रो गायिका बनेर नेपाली गीत संगीतलाइ माया गर्ने अनि नेपाली संस्कृति र संगीतलाइ जोगाई राख्ने हो l मिलनसार स्वभाबकी गायिका मनिका सबैलाई आदर पनि गर्छिन । सधै हासेर बोल्नेने उनी भन्छिन – ‘गित संगीत मेरो नशा नशा अनि रगतमा छ त्यहि भएर नेपाली संगीत क्षेत्रमा केहि गर्छु भनेर संघर्ष गर्दै छु । ‘

संगीतलाइ सरस्वतिको प्रसाद सम्झिने गायिका मनिका आफुमा भएको कलालाइ सधै आफ्ना दर्शक श्रोताहरु माझ समर्पित गर्नमा भाग्यमानी ठान्छिन l मिठो स्वरको धनी गायिका मनिका  नेपाली साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा विस्वस्त छिन् l त्यति मात्र होइन, उनी आफ्नो कला सस्कृतिलाई आफ्नो नेपाली भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन l

उनी भन्छिन ‘गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l’ आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीतलाइ सधै सम्रक्षण गर्न लागि पर्ने गायिका मनिकालाई हाम्रो तर्फबाट पनि लाखौ लाख शुभकामना l

Leave a Reply

Your email address will not be published. Required fields are marked *