भुकम्पको पीडा भुलाउंंदै भक्तपुर व्यापार मेला

भक्तपुर।  मेला गरौं, मेला भरौं, मेला महोत्सवबाटै विकास गरौं भन्ने मूल नाराका साथ भक्तपुरको सल्लाघारीमा जारी भक्तपुर अन्तर्राष्ट्यि व्यापार मेला २०१६ भूकम्पको पीडालाई विर्सेर एक आफसमा भेटघाट , किनमेल र मनोरञ्जन गर्ने अवसरका साथै यहाँको कला संस्कृतिलाई देश विदेशमा परिचित गर्ने, गराउने माध्यम भएको छ

मेलामा क्षणिक मात्र नभइ  दीर्धकालिन लाभ हासिल हुने अवसर सृजना गरिएको मेलाका प्रमुख सल्लाहकार एवं प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौड्यलको भनाइ छ  । मेलाको ५ औं दिन मंगलवारको साँझ मेला अवलोकन गर्न आउनु भएका प्रमुख जिल्ला अधिकारी पौड्यलले युवा पीढीलाई सांगितिक माहोलले तानेको र अन्य सहभागीहरुलाई घरायसी सामग्री, तयारी पोशाक देखि गाउँ ठाउँको उत्पादनले आकर्षित गरेको बताउनु भयो । भक्तपुरमा भएका मेलाहरु मध्ये यो अहिलेसम्मकै उत्कृष्ठ भएको बताउदै पौडेलले विशिष्ट व्यक्तिहरुले समेत काठमाण्डौमा आयोजना भएका मेलाहरु भन्दा यो मेला राम्रो र उत्कृष्ठ भएको प्रतिक्रृया पाएको बताउनु भयो ।

मेला संयोजक राजु मृगेन्द्र जोशीले देश विदेशको राजनैतिक अस्थिरताकारणले बुकिग भएको अन्तर्राष्टिय स्टलहरुलाई सहभागी गराउन नसके पनि उत्साहप्रद रुपले मेलामा जनसहभागिता भएको भन्दै मङलबार ( आज) सम्ममा एक लाख ३ हजारले मेला अवलोकन भई ६ करोड भन्दा बढी व्यापार गर्न सफल भएको जानकारी दिनु भयो ।

मङलबार अवलोकनका क्रममा आउनु हुने विशिष्ट व्यक्तित्वहरुले मेलाको व्यवस्थापन पक्ष राम्रो भएको, मेला क्षेत्रमा कार्पेट विछ्याएर मेलाको आकर्षण बढाएको, ढुलोधुँवाबाट सुरक्षित बनाइएकोमा प्रसंशा आएकोले मेलाबाट प्रसंशा र संतुष्टी मिलेको मेला आयोजकको भनाइ छ ।

अवलोकनकर्ताहरुको आज भीडभाड बढ्दा राम्रोसँग अवलोकन गर्न नपाएको, किन मेल समेत गर्न नपाएको अवलोकनकर्ताहरुको गुनासो आएको भन्दै मेला हरेक वर्ष आयोजना गर्न अवलोकनकर्ताहरुले आयोजकहरुलाई प्रोत्साहन दिइरहेको आयोजक समिति भक्तपुर उद्योग वाणिज्य सँघका अध्यक्ष केपी अवालले बताउनु भयो । अध्यक्ष अवालका अनुसार मेलाको अन्तिम दिन मेला हेर्न छुटेका, मेला अवधिमा किनमेल गर्न नपाएका समुदायको माहोल बढ्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष अवालले मंगलबारको मेलामा २५ हजार भन्दा बढीले अवलोकन गरेको बताउनु हुँदै मेला समापनको दिन झन विशेष हुने बताउनु भयो । यसै गरी संघका महासचिव शिव मानन्धरले मेलाले दिएको सफलतासंगै फेरी फेरी पनि मेला आयोजना गर्न उत्साह मिलिरहेको भन्दै बुद्धवारको समापनका दिनमा गायक धिरज राईको विशेष सांगितिक प्रस्तुती हुने र विशिष्ट व्यक्तित्वहरुको पनि अवलोकन हुने जानकारी दिनु भयो ।

आजको मेलामा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्रि इन्द्र वहादुर बानियाँ, पूर्वमन्त्रि शंकर कोइराला, नेपाल उद्योग वाणिज्य महाँसंघका अध्यक्ष पशुपति मुरारका, सभासद रामेश्वर ढुंगेल, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौड्यल, स्थानीय विकास अधिकारी धुर्वप्रसाद कोइराला, अपराध अनुसन्धान महाशाखा भक्तपुरका प्रमुख पपु शर्मा लगायतका महानुभावहरुले मेला अवलोकन गरिएको आयोजकहरुलाई प्रसंंसनिय प्रतिक्रिया दिएको आयोजकहरुले बताएका छन्  ।  आज रोट्याक्ट क्लव अफ पाटन दरवार स्क्वायर  र विभिन्न स्कूल तथा विद्यालयहरुले फेशन सो तथा नृत्य एवं सांगितिक प्रस्तुती गरेका थिए । बुद्धवारका दिनमा पनि फेशन सो र सांगितिक प्रस्तुतिका साथै बासुरी बाजा प्रतियोगिताका उत्कृष्ठ प्रतियोगिहरुलाई पुरस्कार वितरणको कार्यक्रम रहेको छ । टिकटको कुपनको आधारमा दिइने पुरस्कार वितरणका लागि लक्रि ड् समेत आयोजना गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *