Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, हाइलाइटबाढीले पिरोलेको बक्राहा खोलामा सिंचाइ मन्त्रीको निरीक्षण

बाढीले पिरोलेको बक्राहा खोलामा सिंचाइ मन्त्रीको निरीक्षण

December 12, 2016५०७ पटक

इश्वर भट्टराई, उर्लाबारी / सिचाई मन्त्री दीपक गरीसहितको सरकारी टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।

संसद्को प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति मोहन बराल, सिंचाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, जल उत्पन्न प्रकोप न्यूनीकरणका महानिर्देशक मधुकर राजभण्डारी, मोरङ क्षेत्र नं. ९ का सांसद डिगबहादुर लिम्बूसहितको सरकारी टोलीले बक्राहा बग्ने इलामको कुइनेटार, मधुमल्ला ४ धप्पडटोल, टाँडी-७ को रचनालगायत बक्राहा-नूनसरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको हो ।

बाढी प्रभावित क्षेत्रको अनुगमन गरी बक्राहा नियन्त्रणका लागि युद्धस्तरमा काम गर्ने योजना बनाउने मन्त्री गिरीले बताउनुभयो ।

उहाँले बक्राहाले निम्ताएको प्रकोप कहालिलाग्दो भएको र यसको नियन्त्रणका लागि बक्राहाको उद्गमस्थलदेखि भारतको बोडरसम्म ५६ किलोमिटर तटबन्ध निर्माण गर्ने छुट्टै परियोजना बनाउने जानकारी दिनुभयो । उहाँले २ महिनाभित्रमा प्रभावित क्षेत्रमा योजना बनाइ काम थाल्नसमेत निर्देशन दिनुभयो । मन्त्री गिरीले रमितेखोला ५ को ध्यामे पहिरो नियन्त्रणका लागि पनि चाडो योजना बनाउन सरकार रहेको बताउनुभयो । ध्यामे पहिरोबाट बग्ने ढुंगा बालुवासहितको लेदो पहिरोले नदीको सतह उच्च र बस्ती होचो हुनाले मधुमल्ला बर्सेनि बाढीको चपेटामा पर्दै आएको छ ।

गत असार, साउन र असोजमा तीन पटक बस्तीमा पसेको बक्राहाले करिब ७० घरपरिवार विस्थापित बनेका थिए । हाल उनीहरू आफन्त तथा कत्ले बेतनी सामुदायिक वनमा अस्थायी टहरामा बसिरहेका छन् ।

यसैबीच जल उत्पन्न डिभिजन कार्यालय नं. २ विराटनगरका प्रमुख देवनारायण साहले बक्राहा नियन्त्रणका लागि साढे ३ करोड रूपैयाँ लाग्ने बताउँदै बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो । उहाँले हाल रहेको तटबन्धलाई तीन मिटर बनाउनेसमेत बताउनुभयो ।

निरीक्षण टोलीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरूराज घिमिरे, सरिता प्रसाईं, नेपाल महिला संघकी केन्द्रीय सदस्य सीता कार्की, नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ, बक्राहा नियन्त्रणका लागि गठन गरिएको संघर्ष समितिका संयोजक मानबहादुर श्रेष्ठ, नेपाली कांग्रेस उर्लाबारी नगरसभापति वीरबल थापा, सञ्चार क्लबका अध्यक्ष घनश्याम भण्डारीलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad