नेपालमा नि पाइन थाल्यो आइफोन सेभेन

काठमाडौं । नेपालमा आइफोन ७ र आइफोन ७ ‘प्लस’ को बिक्री सुरु भएको छ ।

नेपालको लागि आधिकारिक बिक्रेता इभो स्टोरले शुक्रबारदेखि औपचारिक रुपमा बिक्री थालेको हो  । ललितपुरको लबिम मलमा आयोजित एक कार्यक्रममा इभो स्टोरका निर्देशकद्वय तरुण बज्राचार्य, दिनेश श्रेष्ठ र लबिम मलका अध्यक्ष नकिम उद्दिनले संयुक्त रुपमा आइफोन ७ सार्वजनिक गरेका थिए ।

इभो स्टोरले आफ्ना ३ वटा बिक्री केन्द्रबाट ग्राहकलाई आइफोन ७ को बिक्री थालेको छ । इभो स्टारले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजा र शेर्पा मलबाट पनि आइफोन ७ को बिक्री गर्न थालेको  छ । ग्राहकले किस्ताबन्दीमा पनि आइफोन किन्न सक्ने निर्देशक तरुण बज्राचार्यले जानकारी दिए । बिक्रेताका अनुसार प्रि बुकिङ अवधिमा इभोबाट सय भन्दा बढी आइफोन ७ विक्री भएका थिए ।

इभोस्टोरले निकट भविष्यमा नै पोखरामा पनि शो-रुम विस्तार गरेर आइफोन ७ को बिक्री सुरु गर्ने जनाएको छ ।

नेपालमा आइफोन ७ को मूल्य ९१ हजारदेखि १ लाख ३७ हजारसम्म पर्छ । स्टोरेज क्षमताका आधारमा ३२, १२८ र २५६ जीवीका आइफोन ७ र ७ प्लस ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरी पाँच रंगमा उपलब्ध छन् ।  आधिकारिक रुपमा खरिद गरिने सबै आइफोनमा एक बर्षको वारेन्टी दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *