Samyentra Dot Com

गृहपृष्ठ » समाजसामुदायिक वन उपभोक्ता महासंघ मोरङको नयाँ नेतृत्व

सामुदायिक वन उपभोक्ता महासंघ मोरङको नयाँ नेतृत्व

December 10, 2016२३९ पटक

मोरङ  । सामुदायिक वन उपभोक्ता महासंघ मोरङको  नेतृत्वमा अग्नि पौडेल पुन: निर्वाचित भएका छन्  ।

लेटाङमा सम्पन्न पाँचौ अधिबेशनले पुर्व अध्यक्ष पौडेलको अध्यक्षतामा  ३६ सदस्यीय समिति गठन गरेको हो । नयाँ समितिमा  उपाध्यक्ष रामकृष्ण राई, महासचिव रेणुका दाहाल, सचिव अर्जुनकुमार तिम्सिना र कोषाध्यक्षमा सुभद्रा भट्टराई चयन भएका छन्  ।

अधिबेशनले  देवी पोखरेलको संयोजकत्वमा ३ सदस्यीय  लेखा तथा अनुगमन समिति र  भूपेश लिम्बू संयोजक रहेको  ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ  ।

कार्यक्रममा, सांसद डिगबहादुर लिम्बू, मोरङमा महासंघका पूर्व केन्द्रीय सदस्य आनन्दसागर तिम्सिना तथा वन संरक्षण अभियन्ता कृष्णप्रसाद लुइटेल, हरि धिमाल, सोमनाथ भण्डारी, कृष्णप्रसाद काप्री, देवराज चाम्लिङ, गोपाल शर्मा, स्व. हिमाल राई, पत्रकार भुपेन्द्र तिम्सिना र मोहन भट्टराई पनि सम्मानित भएका छन्  ।

यसैगरी जिल्लाका सामुदायिक वन मध्येबाट वसन्त हरियाली सामुदायिक वन जाँते, नूनसरी सामुदायिक वन मधुमल्ला , जनसेवा सामुदायिक वन लेटाङ , नमूना सामुदायिक वन लेटाङ र वेतेनी सामुदायिक  वन उर्लाबारीलाई पनि पुरस्कृत गरिएको छ ।

अधिवेशनको अबसरमा लेटाङमै नव निर्मित सामुदायिक वन उपभोक्ता महासंघ मोरङको नवनिर्मित भवन समेत उद्घाटन भएको छ । मोरङ ९ का सभासद डिगबहादुर लिम्बुले भवनको उद्घाटन गरेका थिए  ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad