Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाज, हाइलाइटनेपालकै पहिलो सर्प संग्रहालयमा सर्पको अभाव

नेपालकै पहिलो सर्प संग्रहालयमा सर्पको अभाव

December 9, 2016५११ पटक

लोकनाथ रिजाल
दमक / नेपालकै पहिलो सर्प संग्राहलय दाबि गरिदै आएको झापाको दमक स्थित सर्प संग्राहलयमा सर्पको अभाव देखीएको छ । नेपालमा जम्मा ८९ प्रजातीका सर्पहरु पाईने भए पनि हाल रेडक्रस सोसाईटी दमक उपशाखाले संचालनमा ल्याएको सर्प संग्राहलयमा १५ जातका सर्पहरु मात्र संकलन गरिएको छ ।

संग्राहलयमा हाल ८ प्रजातीका बिषालु सर्प रहेका छन् भने ७ प्रजातीका अबिषालु सर्पहरु मात्र राखिएको छ । संग्राहलयमा हाल बिषालु मानिदै आएका गोमनको एक प्रजाती , करेतको ५ प्रजाती , हरेउको एक प्रजाती र गुरुवेको एक प्रजाती मात्र राखिएको छ ।

त्यस्तै अबिषालु सर्पहरुमा धामन , ढोडिया, चिचिण्डे, हरहरे , ईन्द्रेणी लगायत ७ प्रजातीका सर्पहरु रहेका छन् । राजगोमन , हिमालयन करेत , पनियादराई (मोनोस्कोल्ड कोब्रा), रसियन्स भाईपर , मुगा (कोरल स्नेक) लगायतका बिषालु प्रजातीको अभाव रहेको उपशाखाका स्वास्थ्य प्राबिधिक खेमचन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार अन्य अबिषालु सर्पको पनि अभाव रहेको छ । पुर्वका तराई र पहाडी क्षेत्रमा पाईने सबै प्रकारका सर्पहरु रहे पनि अन्य सर्पहरुको अभाव देखीएको हो । सर्पदंशको सेवा प्रदान गर्दै आएको रेडक्रस सोसाईटी दमक उपशाखामा १२ बर्ष अगाडि देखी सर्पहरुको संकलन गरिएता पनि २०७२ साल फागुन १५ गते देखी मात्र सर्प संग्राहलयका रुपमा बिकाश गरिएको उपशाखाका सभापति लिला गुरागाईले बताए । 

संग्राहलयमा हाल जम्मा ५३ वटा सर्पहरु संकलन भएका छन् । तर धेरै जसो एकै प्रजातीका रहेका छन् । मरेका सर्पहरुलाई एउटा डब्बा भित्र ईथाईनल सोलुसनमा हावा नर्छिने गरि डुबाएर राखिएको छ । जसका कारण सर्पहरु नकुहिने स्वास्थ्य प्राबिधिक अधिकारीले बताए ।

संकलित सर्पहरु धेरैजसो सर्पदंशका बिरामीहरुले नै ल्याएको उनले बताए । कतै नया खालका मरेका सर्पहरु भेटिएमा उपलब्ध गराईदिन उपशाखाले आग्रह गरेको छ । सर्पहरुले पारस्थितीक पद्धतीमा सन्तुलन कायम गर्ने भएको हुदा सर्प नमार्न समेत अपिल गरेको छ ।

संग्राहलयमा सर्पहरुको बारेमा अध्ययन तथा जानकारी लिन बिद्यार्थी , अनुषन्धानकर्ताहरु आउने गरेको सभापति गुरागाईले जानकारी दिए ।

संग्राहलय संचालन भएपछि सर्पदंशका बिरामीहरुलाई सर्प चिन्न पनि थप मद्धत पुगेको उनको भनाई छ । संग्राहलयलाई अझै ब्यवस्थित बनाएर अनुषन्धान केन्द्रको रुपमा बिकाश गर्ने योजना रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad