Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनधुर्मुस सुन्तलीको फिल्म हेर्न उर्लियो जनसागर

धुर्मुस सुन्तलीको फिल्म हेर्न उर्लियो जनसागर

December 7, 2016३५९ पटक

बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल
(धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म “ज्योति” हेर्न जनसागर उर्लिएको छ ।

हिमाली जिल्ला रसुवामा समेत बालमैत्री फिल्म “ज्योति” हेर्न आम नागरिकको ओइरो लागेको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे
हुँदै फिल्म देखाउन रसुवा पुगेका धुर्मुस सुन्तलीलाई जाडोको पर्वाह नगरी साँझको समयमा समेत १० हजारभन्दा बढी दर्शकको साथ मिलेको छ ।

उनीहरुले रसुवाको धुन्चे र कालिकास्थानमा बालमैत्री फिल्म “ज्योति” प्रर्दशन गरेका छन्
। निकै चिसो मौसमका बाबजुद पनि बालमैत्री फिल्म हेर्ने दर्शकको उल्लेख्य उपस्थिति र फिल्म हेरीसकेपछिको प्रतिक्रिया एवं प्रतिबद्धताले आफुहरुमा नयाँ जोस प्राप्त भएको सिताराम कट्टेलले बताएका छन् । नयाँ पुस्ताको सोचलाई
सकारात्मक बनाउन सकेमा देशको भविष्य उज्वल हुने कुञ्जना घिमिरेको भनाई छ ।

बालमैत्री स्थानीय शासनका ३९ सूचक समावेश गरेर बनाइएको फिल्म “ज्योति”ले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा धेरै सहयोगी बन्ने अपेक्षा लिइएको छ ।

पुनर्निर्माणको कामबाट समेत प्रशंसा बटुलेका उनीहरुले देश बनाउनका लागि बालमैत्री स्थानीय शासन अपरिहार्य रहेको बताएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा अभियान सुरु गरेका उनीहरुलाई युनिसेफ नेपालको सहयोग मिलेको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad