अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगेर मेनपावरवाला फरार

काठमाडौं  ।  मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फत मलेसियामा कार्यरत नेपाली कामदारको लाखौं रकम असुलेर फरार छन् ।

मलेसियाबाटै अमेरिका पठाई दिन्छु भन्दै राणाले रकम उठाएर अहिले सम्पर्क विहिन भएका हुन् । नेपाल आउनु पर्दैन उतैबाट सबै काम हुन्छ भन्दै मोटो रकम लिएर सम्पर्क विहिन भएको मलेसियामा कार्यरत मोरङ बयरवनका ओबिन कटुवालले जानकारी दिए।

मलेसियाको भन्दा राम्रो कमाई हुने भन्दै उनले रकम अहिले थोरै दिनु पछि सबै डकुमेन्ट तयार भएर भिसा आएपछि दिनु भनेको तर अहिले सम्पर्क विहिन भएको कटुवालको भनाइ छ।  दर्जनौ नेपालीलाई अमेरिका पठाई दिने भन्दै  पैसा संकलन गरेर भागेको आशंका गरिएको छ ।

पिडितले आफनो पैसा फिर्ता गराउन पटक पटक सम्पर्क गर्दा उनले फोन समेत अफ भएको कारण आफुहरु समस्यामा परेको दुखेसो पोखे। आफुहरुले यस बारेमा नेपाली राजदूताबासलाई पनि जानकारी गराउने कटुवालले बताए।

अर्का पीडित तेज राईले दुई पल्ट पैसा पठाएपछि राणा सम्पर्क बिहिन भएकोले आफूहरू समस्यामा परेको बताए । उनीहरुले कानुनी उपचार खोज्ने बताएका छन् । – न्युज अभियानबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *